टोकियो- नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औँ अधिवेशन आउदो मार्च महिनाको ११ तारिख आईतबारको दिन नेपाली राजदुतावास जापानका पूर्व राजदुत तथा जनजाति अग्रज नेता डा. गनेश योङ्जन तामाङ ज्यूको प्रमुख आतिथ्यमा राजधानी टोकियो महानगरको गोतानदामा हुने भएको छ ।

महासंघको गत फेब्रुवरी ४ तारिख बसेको सचिबालय संघिय परिषद तथा अग्रज सल्लाहकार सहितको कार्यसमिति बैठकले अधिवेशनको मिति तय गरेको महासचिव हर्क गुरुङले जानकारी दिनु भएको हो ।
उक्त अधिवेशनले संस्थाको विधान संशोधन कार्य लगायत आगामी दुई वर्षे कार्यकालको लागि नेतृत्व चयन गर्ने छ ।
अधिवेशनलाई भव्य सफल पार्नका निम्ति संस्थाका अध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा सम्पूर्ण पदधिकारीहरु सदस्य रहने गरी एक मूल तयारी समिति गठन भएको छ ।
यसै अन्तरगत व्यवस्थापन समितिको संयोजकमा नागोयाका पूर्व उपाध्यक्ष पेम्बा शेर्पालाई जिम्म दिएको छ ।
महासंघको संरचनालाई समय परिस्थिति अनुरुप केहि परिमार्जिन गर्दै थप एकतृत तथा गोलबद्दता साथ सामुहिक नेतृत्वलाई अझ मजबुद र सशक्तिकरण बनाउनका निम्ति संगठनको बिकास संगै संस्थालाई सम्पूर्ण जापानवासी आदिवासी जनजातिहरुले गर्ब र गौरब गर्न लायकको बनाउन अधिवेशनबाट विधानलाई संशोधन गर्ने जनाइएको छ |
त्यसका लागि विधान संशोधन समितिको संयोजकमा संस्थाका सल्लाहकार तथा पुर्व प्रवक्त सुकुमान थिङ तामाङलाई चयन गर्दै सल्लाहकार द्वय डा. दिनेश मानन्धर र शरद कुमार गौचन गरी ३ सदस्य समिति गठन गरेको छ |
त्यसै गरि निर्वाचन मण्डलमा सल्लाहकार तथा पूर्व अध्यक्ष ओम गुरुङ र मन बहादुर पुन मगरलाई जिम्मेवारी दिइएको छ ।
जापानमा कृयाशिल १० वटा जातिय संस्थाहरु क्रमश- तमुधिं जापान, थकाली सेवा समिति जापान, नेपाल तामाङ समाज जापान, नेपाल मगर संघ जापान, शेर्पा संघ जापान,याक्थुङ चुम्लुङ जापान,किंरात राई यायोख्खा जापान, नेवा जगरण मंच जापान, ठकुरी कल्याण समाज जापान र घले समाज जापान लगायतको संलग्नता रहेको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, जापानले आफ्नो संगठन बिस्तारको क्रममा अध्यक्ष शेर्पा कै कार्यकालमा निम्न क्षेत्रहरु- क्यूश्यू, किता कान्तो, सेन्दाई र कान्तो क्षेत्र गरी ४ वटा क्षेत्रहरुमा क्षेत्रिय समितिहरु गठन गरि सकेका छन् भने अन्य बांकी क्षेत्रहरुमा आगामी कार्यकालका नयां नेतृत्वले निरन्तरता दिने योजना रहेको उल्लेख गरेको छ ।
यसै बिच महासंघले एक विज्ञप्ति प्रकाशित गर्दै बिहान ९ बजेबाट बन्द सत्र शुरु भई दिउसो १ बजेबाट साँझ ४ बजे सम्म खुल्ल कार्यक्रममा परिणत हुने जानकारी गराउंदै जापानमा कृयाशिल एवं बिभिन्न बैचारिक संगठन तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, राजनितीक भातृ संगठनका पदधिकारी ज्यूहरु, बुद्धिजीवी बर्ग, उधोग व्यापारी व्यवासायी, पत्रकार, कलाकार लगायत सम्पूर्ण जापानवासी नेपाली दाजु-भाई, दिदी बहिनी तथा शुभ-चिन्तकहरुमा यसै समाचार मार्फत उपस्थितिको लागि हार्दिक निमन्त्रण गरेका छन् ।
बिस्तृत जानकारी :-
मिति :- ११ मार्च २०१८ (आईतबार)
समय :-
१) बिहान ९:०० बजेबाट ११:३० बजे सम्म बन्द सत्र (पहिलो चरणको कार्यक्रम )
२) दिउसो १:०० बजेबाट ४:०० बजे खुल्ल कार्यक्रम तथा घोषणा सभा (दोस्रो चरणको कार्यक्रम )
स्थान तथा ठेगाना :-
(JR यामानोते लाइन को गोतान्डा स्टेसन नजिक)
SHINAGAWA=KU,GOTANDA BUNGKA CENTER.TOKYO-TO SHINAGAWA-KU,
NISHI GOTANDA 6-5-1
品川区立五反田文化センター東京都品川区西五反田6丁目5-1
थप जानकारीको लागि-
महासचिब हर्क गुरुङ ०८०-३५५७-४४२२
अध्यक्ष पासाङ शेर्पा 090 1267 2660