विद्यार्थी समाजको वार्षिकोत्सवमा ‘विद्यार्थी डायरी-२’विमोचन सहित विविध कार्यक्रम गरिने -

Everest Fuji News २०७४ फाल्गुन १२ मा प्रकाशित       Published at 2018 Feb 24


विश्व बन्धु भण्डारी (जापान) - नेपाल जापान विद्यार्थी समाजले ‘ विद्यार्थी डायरी- २ ‘ प्रकाशन गर्ने भएको छ । अघिल्लो वर्ष समाजको वार्षिकोत्सवमा ‘विद्यार्थी डायरी- १ ‘ प्रकाशन गरिएको थियो ।
यस वर्ष पनि समाजको वार्षिकोत्सवको अवसरमा पुस्तक प्रकाशन गर्न लागिएको समाजका अध्यक्ष चेतन पौडेलले जानकारी दिनु भएको छ । पुस्तकमा जापानमा आएर सफल भएका व्यक्तिहरूको जापान भोगाइ सहित विविध रचना तथा नेपालबाट जापानमा आऊँदा विशेष ख़्याल गर्नु पर्ने सूचना लगायतलाई समेटेर पुस्तक प्रकाशन गर्न लागिएको हो । पुस्तकमा जापानलाई कार्यक्षेत्र बनाई सिकेको सिप ,ज्ञान ,लगानी नेपाल भित्राउन अथवा जापानकै विभिन्न क्षेत्रमा उच्च तहमा रही कार्यकुशलता देखाई रहनु भएका आदर्णीय ब्यक्तित्वको परिचय , २ जनाको अन्तरवार्ता ,जापानमा विद्यार्थी जीवन सबल र दुर्बल पक्षहरु,नेपालमा पर्यटक भित्राउन जापानमा रहेका नेपाली युवाहरूको भूमिका, जापानमा रहेका नेपालीहरुले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराहरु,भाषा विद्यालय पश्चात सेनमोन तथा दाइगाकु खोज सम्बन्धमा , बिबिध साहित्यिक लेख रचनाहरु लगायत विषय समावेशको लागी लेख रचना सङकलन तीव्र रूपमा भैरहेको समाजका संस्थापक अध्यक्ष तथा विद्यार्थी डायरी प्रकाशन समितिका संयोजक सन्तोष चोखालले जानकारी दिनु भएको छ । विद्यार्थी डायरी अथवा अन्य कुनै विषयमा जानकारी लिन इच्छुक हुनुभएमा संस्थाका अध्यक्ष पौडेलसँग संपर्क गरी आफ्ना रचनाहरु nepaljss1@gmail .com मा पठाउनका लागी जापानवासी नेपालीहरुमा अनुरोध गरिएको छ । यही आऊँदो अप्रिल २९ मा समाजको विद्यार्थी डायरी भाग २ प्रकाशन सहित विविध कार्यक्रमका साथ दोश्रो वार्षिकोत्सव समारोह गर्न लागिएको हो । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थी डायरी भाग २ बिमोचन सहित जापानी भाषामा पहिलो पटक निबन्ध लेखन प्रतियोगीता समेत गर्न लागिएको जनाइएको छ । जापानी भाषा लेखन प्रतियोगिताबाट उत्कृष्ट ३ प्रतियोगिहरुको निबन्ध बाचन, बिबिध सास्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सहित वार्षिकोत्सव भव्य रूपमा मनाउन लागिएको आयोजकले जनाएका छन ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.