ओलीसँग सहकार्य गर्न जापानी प्रधानमन्त्री आतुर

Everest Fuji News २०७४ फाल्गुन १२ मा प्रकाशित       Published at 2018 Feb 24


काठमाडौं – जापानी प्रधानमन्त्री सिन्जो अवेले नेपालको नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन्। नेपालको प्रधानमन्त्रीमा निर्वाचित समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै अवेले ओलीको कार्यकालमा लोकतन्त्र र राजनीतिक स्थायित्वका साथै विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। नेपालले संघीय र प्रादेशिक निर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाई मजबुद गर्ने दिशामा एउटा ठूलो उपलब्धी हासिल गरेको भन्दै उनले संघीय सरकारको पहिलो प्रधानमन्त्रीको रुपमा ओलीको शक्तिशाली नेतृत्वमा लोकतन्त्रलाई बलियो बनाउने नेपालको प्रयासमा जापानको समर्थन जारी रहने प्रतिबद्धता जनाएका छन्। उनले भूकम्पपछिको पुनर्निर्माणमा जापान साथ रहेको पनि स्मरण गरेका छन्। प्रधानमन्त्री अवेले आफ्नो सन्देशमा ओलीको कार्यकालमा सक्रिय सहयोग गरी दुवै मुलुकबीचको सुमधुर सम्बन्धलाई थप मजबुद बनाउने आशा समेत व्यक्त गरेका छन्।( nagariknews)  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.