टोकियो, जापान ।

जापानमा भएका नेपाली जनसँख्यामध्य करिव आधा हिस्सा ओगटेको बाग्लुङबासीको संस्था वाग्लुङ समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । संस्थापक अध्यक्ष राजविन थापाको सभापतित्वमा सम्पन्न अधिबेशनले नया कार्य समिति चयन गरेको छ । अधिबेशनले अध्यक्षतामा सिद्धार्थ श्रेष्ठको नेतृत्वमा प्रेम प्रसाद कँडेल , महेन्द्र पिसी र प्रेम आचार्य उपाध्यक्ष सहितको कार्य समितिलाई नेपालमा भर्खरै निर्वाचित प्रतिनिधि सभाका सं डा सुर्य पाठकले प्रमुख अतिथिको आसनबाट सपथ ग्रहण गरेका थिए ।
प्रमुख अतिथिको आसनबाट डा पाठकले ठट्यौली पारामा आफु निर्बाचित भएको २ महिना भइ सक्दा पनि अझै सपथ खान नपाएको प्रसँग बदल्दै समाजको नेत्रुत्व लिएको आधा घण्टा भित्रै शपथ खान पाएकाहरुलाई भाग्यको पात्र भएको बताए । साथै उहाले २०७२ सालको धारालाई लिपिबद्द गर्नको लागि भर्खरै नेपालमा सम्पन्न आसन्न आम निर्वाचनमा निर्वाचित हुन सहयोग गरेका जापानी साथीहरु , वाग्लुङवासी लगायत अन्य साथी हरु तथा रोटरी क्लब अफ जापानलाई पनि धन्यवाद दिए ।

डा. पाठकले अबको राजनैतिक मुद्दा भनेको आर्थिक समृध्दि भएकोले ३% साँसद ३३ हजार मतभन्दा बढ़ीले निर्वाचित भए पनी न्यूनतम भोट ल्याएकाहरूलाई मन्त्रिस्तरमा लाने प्रपंचको विरोध गरे । अवको नया पिढीले सामाजिक विप्रेशन भित्र्याउनु पर्ने सुझाव दिदै आफुले अधिकार खोज्दा गर्ने कामको कर्त्तव्य पनी निभाउनु पर्ने उल्लेख गर्दै नेपाली कामदारको कारण विदेशी लगानीको विश्व प्रसिद्ध कम्पनी के एफ सी बाहिरिएकोमा दुःख व्यक्त गरे ।
त्यस्तै नेपाल सरकारका तर्फबाट १ वर्षे भुकम्प मापन अध्ययनका लागि आएका भुकम्पविद ठाकुर प्रसाद खनालले वाग्लुङ जिल्लामा अनगिन्ती भुगर्व तथा तामा खानि , कोइला खानि लगायतका जैविक विविधतताको उत्खनन गरी स्वदेशमै रोजगारीको सृजना गर्न सकिने सम्भावनाको वारेमा उल्लेख गरेका थिए ।
अर्का पर्बतका निवाचित तथा ओ एन एफ जापानमा अध्यक्ष महेन्द्र श्रेष्ठले राज्यको ध्रुविकरण सङ्गै विदेश पलायन हुनु पर्ने अनेकन बाध्यता सङ्गै मातृभूमी , समाज र जनताको लागि गर्नु पर्ने कर्त्व्य भुल्न नहुने मनसाय व्यक्त गरे ।
अधिवेशनका लागि ओसाकाबाट आएका समाजका महासचिव कृष्ण सुबेदिले उद्घोषण गर्दै राज्यको सबै भन्दा बढी बाग्लुङ जिल्लामा रेमिट्यान्स भित्र्याउने जापानवासी वाग्लुङेहरु सृजनात्मक काम तथा समाजमा भएका समस्याहरु समाधान गर्नको लागि सबै सँग समन्वय गर्नु पर्ने धारणा पोखे ।
जापानमा बाग्लुङ जिल्ला भर १७ संस्था गठन भइसकेको अवस्थामा वाग्लुङ समाजले गठन भए सँगै १४ लाख ८९ हजार कोषमा १ पैसा पनि नराखी बिभिन्न शिर्षकमा नेपालमा आर्थिक सहयोग गरेको आर्थिक प्रतिवेदन पेश गर्दै तत्कालीन कोषाध्यक्ष तथा अध्यक्ष सिध्दार्थ श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
समाजले भुकम्प पीडित , बिद्द्यालय निर्माण तथा जापान र नेपालमा भएका बिरामी उपचारका लागि आर्थिक सहयोग गरेको जनाएको छ ।
समाजको नेत्रुत्व लिनु भन्दा पहिले आफु सवल र सक्षम हुनु पर्ने :
कुनै पनि संस्था , समाज तथा नेत्रुत्व लिनको लागि पहिले आफु सक्षम र निष्कलंकीत हुनु पर्ने अधिबेशनमा सहभागी वक्ताहरुले बताए । जापानमा अध्ययन अनुसन्धान , रोजगारी , व्यवसाय तथा जुन प्रयोजनमा जापान आएको भए पनि पहिले आफ्नो उद्देश्य पुरा भए पछी मात्रै बचेको समयमा मात्रै समाजमा समय खर्चिनु पर्ने वक्ताहरुले बताए । किनकी जापानमा भिसा , भाषा , आयकर, श्वास्थ्य, विमा लगायत परिवारलाई समय दिनु पर्ने वाध्यताले गर्दा पदभोगी र प्रचारमुखी हुँदा आफ्नो पारिवारिक सन्तुलन बिग्रने सम्भावना देखिने बताएको छ । विगत १८ वर्ष देखी जापान बस्दै आएका सफल व्यवसायी दिपक सुबेदी लगायत अन्य वक्ताहरुको कथन थियो ।
त्यस्तै समाज सेवा आर्थिक हैसियत नभयता पनि शुद्द भावनाले गर्ने भएकोले जस्तो सुकै अवस्थामा पनि समाज सेवा गर्न सकिने भन्दै भारतको महात्मा गान्धिको उदाहरण दिदै आफु वाग्लुङमा हुँदा १७ वटा संस्थामा आवद्द भए पनि नेत्रुत्व नलिएको तर पछाडि बाट सधैं सहयोग गरेको अभिव्यक्ती निवर्तमान अध्यक्ष तथा पत्रकार राजबिजन थापाले बताएका थिए ।

अर्काले गरेको काममा भाजो हाल्न सजिलो हुने तर आफुले चाँही केही नगर्ने बताउदै सबै भन्दा पुरानो र सकृय संस्था गल्कोट समाज जापानका अध्यक्ष नर बहादुर थापाले सबै सँग हातेमालो गरेर अघी बड्न सुझाव दिए । सुरुका दिनमा कसैले पनि नपत्याउने तर अहिले सबै अग्रजहरुको सहयोग पाउदा खुशी लागेको अध्यक्ष श्रेष्ठले बताउदै भर्खरै संस्थाको आधिकारिक खाता खोल्न सफल भएकोमा खुशी व्यक्त गरे ।
अधिवेशनमा टोकियो स्थित विभिन्न राजनैतीक भात्री संगठनका प्रतिनिधि, एनआरएन जापान , आईसिसी सदस्य , व्यापारी वर्ग , बुद्दिजिवी वर्ग, संघ संस्थाको पदाधिकारीहरु र वाग्लुङवासीको बाक्लो उपस्थिती रहेको थियो । समाजले डा पाठकलाई सम्मान पनि गरेको थियो भने अधिबेशनको लागि ओसाका , नागोया , हिरोशिमा लगायत टोकियो बाहिरको प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।