फोटो सुटिंगमा सहभागीतासँगै कमाईको अवसर

Everest Fuji News २०७४ माघ २७ मा प्रकाशित       Published at 2018 Feb 10


जापानको पानासोनिक कम्पनीले नया प्रोडक्ट बजारमा ल्याउनको लागि फोटो सेसन गर्ने भएको छ । प्यानल टेस्ट मार्फत फेस डिटेक्सन क्यामेरामा नया प्रबिधि सँगै अनुसन्धान गर्न लागिएको फोटो सेसनमा सहभागीसबैले नगद ४ हजार येन समेत पाउने छन् । करिव २ सय जनामा गर्न लागिएको फोटो सेसनको उद्देश्य नया प्रविधिको अनुसन्धान र विकास गर्न मानव अनुहारको डेटा संकलन गर्नु रहेको बताइएको छ । हाल जापानको एयरपोर्टमा रहेको फेस डिटेक्सन क्यामेराको अझ सरल र छीटो तरिकाले जापान प्रबेश लाई बिकास गर्नको लागि प्रयोग परिक्षणको लागि फोटो सेसन गर्न लागिएको आयोजकले बताएको छ । नेपाल सहित भारतीय, श्रीलंका, ईरानियन, इराकिस, सऊदी अरबी सहभागी हुनसक्ने फोटो सेसनमा सहभागीहरुले पासपोर्ट अनिवार्य रुपमा ल्याउनुपर्नेछ । पासपोर्ट सहित जाइरियु कार्ड, चालकको इजाजतपत्र, स्कूलको परिचय पत्र आदि जुनसुकै परिचयपत्र लिएर पनि कार्यक्रममा सहभागी हुन सकिनेछ । बारकाडे गुड टाइम सीनओकुबोमा यहि फेब्रुवरी १७ तारिख शनीवार र १८ तारिक आइतबारका दिन फोटो सुटिंग हुने छ । ३ सिफ्ट मॉ निभाजन गरी सुटिंग गरीने छ। करिव १ घण्टा लाग्ने फोटो सुटिंगमा ७ बर्ष माथिका जो सुकै व्यक्ति पनि सहभागी हुनसक्ने छन । सहभागीहरुले फोटो खिचेलगत्तै नगद ४ हजार येन पाउनेछन् । दुई सय जनामा मात्र गर्न लागिएको फोटोसुटको लागि समयमै उल्लेखित [email protected] इमेलमा नाम र मोबाइ नं सहित सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ|    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.