टोकियो (जापान) । जापानी बहुराष्ट्रिय कम्पनी सोनी कोर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) काजुओ हिराईले आफ्नो पद छाड्दै छन् ।

अप्रिल १ देखि हिराईले उक्त पद छाड्न लागेका हुन् । उक्त अवधिपछि कम्पनीका वर्तमान प्रमुख वित्तीय अधिकृत केनिचिरो योशिडालाई सीईओको जिम्मेवारी दिइनेछ । सीईओ पद छाडे पनि हिराई कम्पनीका अध्यक्षमा भने बहाल हुनेछन् । सन् २०१२ को अप्रिल १ यता हिराईले कम्पनीको सीईओ र अध्यक्ष दुवैको कार्यभार सम्हाल्दै आएका थिए । घाटामा चलिरहेको पीसी व्यवसाय बेच्ने, प्लेस्टेशन फोर भिडियो गेम कन्सोल लञ्च गर्ने, स्मार्टफोन इमेज सेन्सरको उत्पादनमा हात हाल्नेलगायत निर्णयमा हिराई र योशिडाको महत्त्वपूर्ण भूमिका छ । एजेन्सी