सुदूरपश्चिमेली नेपाली समाज जापानद्वारा नयाँ कार्यसमिति गठन

Everest Fuji News २०७४ माघ २१ मा प्रकाशित       Published at 2018 Feb 04


जापान । सुदूरपश्चिमेली नेपाली समाज जापानले पाँचौं महाधिवेशनबाट एकेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा मदन साउँद, दृतिय उपाध्यक्षमा कृष कोइराला र तृतिय उपाध्यक्षमा दलबहादुर धामी निर्वाचित भएका छन् । महासचिवमा दिनेश अधिकारी, सचिवमा जयानन्द भट्ट, प्रकाशचन्द्र जोशी र रामु विष्ट, कोषाध्यक्षमा नृप कुँवर, सहकोषध्यक्षमा पुनम विष्ट निर्वाचित भएका छन् । यस्तै सदस्यमा चेतमान रावल, पूर्ण जोशी, उज्जल सिंह डडाल, पूर्ण टेलर, भक्तमान जोशी, खेम ओझा चयन भएका छन् । भेलाले यूवा संयोजनको जिम्मेवारी भैरव थापा ‘पुकार’ र आस्था खत्रीलाई दिएको छ । समाजले दश लाखको अक्षयकोष पनि स्थापना गर्ने घोषण पनि गरेको छ । अक्षयकोषका लागि कार्यक्रमका प्रमुख अतिथि एवम् एनआरएनका अध्यक्ष भवन भट्टले एक लाख सहयोग प्रदान गरेका छन् । उक्त रकम सुदूर पश्चिमको कला साहित्यको विकासका क्षेत्रमा खर्चिने समाजका नवनिर्वाचित अध्यक्ष थापाले बताए । थापाले चिसापानीमा सात नम्वरको प्रवेशद्वार पनि निर्माण गर्ने योजनारहेको बताए । समाजले प्रवासमा रहेर पनि सुदूरको कला, साहित्यको संरक्षणमा योग्दान पुर्याएको समाजका साधारण सदस्य भरत बोगटीले बताएका छन् । बोगटीले समाजका कार्यक्रममा सहभागि हुँदा थुप्रै सुदूर पश्चिम बासीसँग भेट हुने गरेकाले समाजले नेपालमै रहेको आभास दिलाउने गरेको बताए । माघ २१ गते, २०७४ - १६ः२१ प्रकाशित


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.