निखिल दम्पत्तिले १९ तल्लाबाट हाम्फालेको रोमान्चक दृश्य ‘ पिंजडा व्याक टू अगेन ’ लिएर जापानमा -

Everest Fuji News २०७४ माघ ११ मा प्रकाशित       Published at 2018 Jan 25


टोकियो, जापान । नायक निखिल उप्रेती तथा नायिका सन्चिता लुइटेल दम्पत्तीले १९ तल्लाबाट हाम फालेको रोमान्चक दृश्य भएको ' पिँजडा व्याक टू अगेन ' फ़िल्म लिएर जापान आएका छन । क्लासिक युथ क्लब जापानले  यस चलचित्रलाई टोकियो स्थित मेगुरो कुमिन सेन्टर हलमा प्रदर्शन गर्ने व्यवस्थापन गरेको हो । यही जनवरी २८ तारिख आइतवार साझ ५:३० बाट प्रदर्शन र विस्तारिकरणको  लागि नेपालबाट उप्रेती दम्पत्तिका साथ निर्देशक हिमाल केसी पनि जापानमा आएका हुन ।टोकियो बाहेक अन्य शहरमा पनि प्रदर्शनको तयारीमा रहेको व्यवस्थापकले जनाएको छ । सामाजिक परिवेशमा निर्माण गरिएको यस टाइटलको चलचित्र दर्शकले मन पराइदिएकाले फेरी यही शिर्षकमा १९ वर्ष पछी केही फरक शैलीले निर्माण गरेको क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा निर्देशक केसी र नायक उप्रेतिले उल्लेख गरे । भारतीय चलचित्र बलिवूड्मा समेत डेब्यु गरेका नायक उप्रेती र नायिका लुइटेलको जोडीले अहिलेको 'ब्याक टू पिँजडा' १९ वर्ष पछी निर्माण गरेको प्रसँग बताउदै उनले यसको कम्बिनेशन मिलाउन १९ तलाबाट हाम फालेको रोमान्चक दृश्यको सुट गरेको बताए । फाइट्मा निकै दख्खल राख्ने उप्रेती करिब २ दशक चलचित्र क्षेत्रमा राज गरेको तर बिचमा उनले धेरै नै समयको अन्तराल पछी फेरी यो चलचित्र लिएर बजारमा आएका छन । पत्रकार भेट्घाटमा चलचित्र बोर्ड एउटा विशुद्द कलाक्षेत्रको नभै राजनितिक भर्तिकेन्द्र भएकोमा दुखेसो पोखे । उनले यस् अघी निर्माण गरेको चलचित्र 'भैरब' को सेन्सरको लागि बोर्डले अनेकौ बहानामा दु:ख दिएकोले गृह मन्त्रालयबाट सेन्सर गर्नु परेको दुखेसो पोख्दै उनले भारतिय चलचित्रहरु जस्तो सुकै भएपनी तुरुन्तै सेन्सर गरी प्रदर्शनको लागि निर्देश गर्छन् भने नेपाली उद्योगलाई प्रोत्साहन नगरेकोमा नायक उप्रेतीले दु:ख व्यक्त गरे । हाम्रो देश रेमिट्यान्सले धानिरहेको अवस्थामा वार्षिक ३० करोड भारतीय चलचित्र प्रदर्शन गरे वापत बाहिरिनु दु:खद पक्ष भएकोले यसमा पनि नेपाली युवाहरु जागरुक हुनु पर्ने भन्दै थप औल्याए । राष्ट्रियताका लागि स्वदेश तथा विदेशमा भएका सबै युवाहरु कुनै पनि प्रलोभनमा नपरी एकजुट हुनु पर्ने व्यक्त गर्दै नेपाली चलचित्रलाई पनि माया गरिदिनको लागि आग्रह गर्दै 'पिजडा व्याक टू अगेन' लाई जापानसम्ममा प्रदर्शनका साथ हामीहरुलाई ल्याउने पहल गरेकोमा धन्यवाद दिदै जापानवासी नेपालीहरुलाई पनि चलचित्र हेरिदिनको लागि आग्रह गरेका थिए । श्रीराम बरालको प्रस्तुतिमा निर्माण गरेको यस चलचित्रमा मौनता श्रेष्ठले पटकथा लेखेका हुन । सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको यस फिल्म सौरभ लामाले खिचेका हुन । संगीतमा राजनराज शिवाकोटी र अर्जुन पोख्रेलको रहेको छ । यस फिल्ममा 'कुकुकु' र तिमी नि आधा ' बोलका गीत दर्शकले रुचाएका छन । यस फिल्ममा नायक निखिल उप्रेतीको जोडीमा सारा शिर्पालीले साथ दिएकी छिन भने अन्य कलाकारहरुमा सुस्मिता केसी, ज्याक श्रेष्ठ,पुकार भट्टराइ , प्रदिप दाहाल, कुशाग्र भट्टराईको अभिनय रहेको छ । केही हप्ता पहिले सडक दुर्घटनामा निधन भएकी बिना थापाको अभिनय पनि रहेको यस ' पिँजडा व्याक टू अगेन' लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले निर्माण गरेको हो । प्रदर्शनको लागि मुख्य प्रायोजक दिलु खत्रीको जेनिथ रेमिट रहेको छ भने उक्त पत्रकार भेट्घाट्मा क्लबका अध्यक्ष बिष्णु कार्की, ईन्द्र भण्डारी बोलेका थिए भने दुर्गा खत्रीले कार्यक्रम सन्चालन गरेका थिए । सल्लहाकार नबिन निउरे पनि सहभागी सबैलाई धन्यवाद दिएका थिए ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.