नेपाली युवकद्वारा जापानी युवतीमाथि छुरा प्रहार

Everest Fuji News २०७४ माघ ९ मा प्रकाशित       Published at 2018 Jan 23


जापानी युवतीमाथी छुरा प्रहार गरेको अभियोगमा एक नेपाली युवक पक्राउ परेका छन । प्रेममा धोका दिएकाले छुरा प्रहार गरेको उनको भनाई छ । ह्ययोगो केनको कोबे शहरमा १९ वर्षीया जापानी युवतीलाई छुरा हानेको अभियोगमा २५ वर्षीय नेपाली युवा किशोर स्याङतान पक्राउ परेका हुन । स्याङतानले सोमबार राती सडकमै किशोरीको पेटमा छुरा प्रहार गरेको जापानी संचारमाध्यमले उल्लेख गरेका छन । प्रहरीले तत्कालै उनलाई पक्राउ गरेको थियो । युवतीको अबस्था सामान्य छ । स्याङतानले ति युवती आफ्नो पूर्व प्रेमिका भएको भन्दै धोका दिएकोले रिसमा छुरा प्रहार गरेको जापानी प्रहरीलाई बताएका छन । जापानी संचारमाध्यममा प्रकाशित समाचार यस्तो छ : 19歳女子大生がネパール人の男に刺され重傷「浮気をされたので」と供述  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.