टोकियो ।

जापानमा पहिलो पटक हुन गईरहेको 'सुश्री र श्रीमती सुन्दरी -२०१८' प्रतियोगिताको आबेदनको समयावधी बढाइएको आयोजक सिन्जो कर्पोरेशनले जनाएको छ ।
कर्पोरेशनका उत्तम श्रेष्ठका अनुसार अहिले सम्म आवेदन भर्ने नेपाली उत्साही महिलालाई धन्यवाद दिदै अन्य महिलाहरुको विषेश अनुरोधमा जनवरी २५ तारिख सम्म म्याद थप गरेको जनाएको
छ ।
केही समय पहिले म नेपाली ग्रुप र सिन्जो कर्पोरेशनले छुट्टा छुट्टै समय र आयोजक हुँदा असहज भएको थियो । यस परिस्थितीलाई मध्य नजर गर्दै यि दुई आयोजकले एकै ठाउमा संयुक्त रुपमा प्रतियोगिता गर्ने भएको आयोजक कर्पोरेशनका सन्चालक श्रेष्ठले एभरेष्ट फुजी न्युज डट कमलाई बताउनु भएको छ ।

आयोजक सिन्जो कर्पोरेशनको व्यानरमा हुन लागेको सुन्दरी प्रतियोगितामा जापानवासी नेपाली महिलाको उत्साहजनक सहभागीलाई मध्य नजर राख्दै आवेदनको समयावधी बढाइएको हो ।
धेरैले समय थपिदिनुको लागि एस.एम.एस.,फोन मार्फत अनुरोध गरिएको हुदा Form भर्ने समयलाई जनवरी २५ तारिक सम्म खुल्ला राख्ने निर्णय गरिएको आयोजकको भनाई छ ।