जापानमा पोखरेली विद्यार्थीद्दारा आत्महत्या, अन्त्येष्टिका लागि सहयोगको अपिल -

Everest Fuji News २०७४ माघ ३ मा प्रकाशित       Published at 2018 Jan 17


टोकियो विद्यार्थी भिषामा चार वर्ष अधि जापान आएका पोखरा चाउथेका अर्जुन नेपालीले आत्महत्या गरेका छन । नेपालीले में १४ मा जापानको चिवा केन इचिकावा सी स्थित आफ्नै कोठामा आत्महत्या गरेका थिए । उच्च शिक्षा सहित धन कमाउन जापान आएका नेपालीको पोखरा मझेरी पाटन चाउथे स्थाई घर भएपनि उनको पारिवारिक अवस्था कमज़ोर रहेको एवं जापानमै अन्तिम संस्कार गर्न पनि खर्च अभाव भएको उनका साथीहरुले बताएका छन् । साथिहरुका अनुसार नेपालीले ऋण समेत अझै तिरिसकेको छैनन। यहि कारण २८ वर्षीय अर्जुन पछिल्लो पटक मानसिक तनावबाट गुज्रिएको र आत्महत्या गरेको हुन सक्ने बताईएको छ । मजदुरी गरेर जिवन गुजारा गर्दै आएका उनको परिवारसँग अर्जुनको शवलाई जापानमै दाहसंस्कार गर्न समेत रकम नभएको भन्दै सहयोग संकलनको गरि अन्तिम संस्कार गरिदिन उनका साथि विशाल कार्कीले अनुरोध गरेका छन । यसैविच अर्जुन नेपालिको अन्तिम संस्कार गरिदिनको लागि एनआर एन जापान कान्तोका संयोजक प्रकाश थापाको सयोजकत्वमा दाहस्सकार सहयोग समिति गठन गरिएको छ । समितिले सहयोग रकम संकलन शुरु गरि आवस्यक रकम संकलन गर्ने जानकारी दिदै सहयोग गरिदिन जापानबासि नेपालिलाई अनुरोध गर्नु भएको छ । समितिमा कास्कि पोखरा समाज जापानका कावा अध्यक्ष विश्व सुबेदी, एनआरएन कान्तोका सचिव नवीन न्युउरे, विशाल कार्कि रहेका छन । सहयोगको लागी : NRNA JP bank Account Number: 10010-4228121 थप जानकारीको लागी Visal Karki Mobile No:080-4063-2020 Prakash Thapa (Nrna Kanto) Mobile No:090 -9381-4014 Nabin Neure(Nrna Kanto) Mobile No: 080-4145-9955 Biswo Subedi Mobile No:090-9328-5018


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.