क्यान्सर पिडित बन्जाडेलाई अर्घाखाँची समाज जापानको आर्थिक सहयोग

Everest Fuji News २०७४ पुष ३० मा प्रकाशित       Published at 2018 Jan 14


टोकियो, जापान। अर्घाखाँची समाज जापानले अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वाड न. ४ धारापानी साना औवल आपारुख निवासी क्यान्सर पिडित अमर बन्जाडेलाई आर्थिक सहयोग गरेको छ।

मुख र घाटीमा क्यान्सर भए पछी बन्जाडे लामो समय देखी भरतपूर क्यांसर अस्पतालमा उपचाररत छन।जटिल क्यांसर भएको र उपचारको लागी लामो समय र ठूलो धन रासि ख़र्च हुने भएपछी आर्थिक सहयोगको अपील गरेका थिय।

जापान बासी अर्घाखाँचेलीहरू को समाज अर्घाखाँची समाज जापानले समाजका सदस्य र सबै जापानमा रहने अर्घाखाँची बासीहरू बीच सहयोग अभियान चलाएको थियो ।

उक्त सहयोग अभियानबाट संकलित रकम जापानीज येन एक लाख अठत्तर हज़ार छ सय छ्यानब्बे आज एक कार्यक्रमको बीच जापान मनी एक्सप्रेस मार्फ़त पिडितको खातामा जम्मा गरीएको समाजका अध्यक्ष नेत्र बिस्टले जानकारी दीए । समाजले बिरामी बन्जाडेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो सामाजिक अभियान अग्रसर भएर सहयोग गर्ने सबै सहयोगीहरू प्रति बिशेष आभार प्रकट गरेको छ ।

   


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.