शिन्जोउ कर्पोरेसनको आयोजनामा मिस एण्ड मिसेश जापान २०१८ हुने-

Everest Fuji News २०७४ पुष २० मा प्रकाशित       Published at 2018 Jan 04


नेपाली पन, नेपाली मनहरु सँगै नेपाली बिवाहित तथा अविवाहित महिलाहरुलाई लक्षित गरि पल ईन्टरटेनमेन्ट र शिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा मिस एण्ड मेसेश जापान २०१८ हुने भएको छ। उक्त कार्यक्रम व्यवस्थापनको जिम्मेवारी डेश्टिनी कृयसनले पुरा गर्ने छ। जापानको टोकियोमा हुने ऊक्त कार्यक्रममा मिस तर्फ १६ बर्ष भन्दा माथि अनी मिसेश तर्फ १८ बर्ष भन्दा बढी ऊमेरका ५ फिट माथिका महिलाहरु सहभागी हुने आयोजक पक्षले जानकारी गराएको छ।फेब्रवरी १ मा अडिएशन र फेब्रवरी 3 बाट टेनिङ सुरू हुने छ साथै फाईनल फेब्रवरी १८ आईतबार टोकियो ईताबासी ओयामा ग्रिन हलमा ६ बजे देखि हुनेछ! नँया बर्ष सँगै जापानमा कार्यक्रमहरुको लहरनै लाग्ने गर्छ। ति कार्यक्रम मध्ये यो भिन्न किसिमको रहेको आयाेजकले बताएकाे छ। कार्यक्रमकमा इच्क्षुक प्रतियाेगिहरुका लागि फारम अनलाईन तथा कागजी फारम दुवै ऊपलव्ध गराईएको छ। बिभिन्न तहमा प्रतिश्प्रधालाई बिभाजित गरीएको छ। यस कार्यक्रम निश्पक्ष पार्नका लागी निर्णायक क्षेत्रमा नेपाल बाट दक्ष प्रशिक्षकहरु जापानमा आऊने कुरा पनी आयोजक पक्षले जानकारी गराएको छ।साथै निश्पछे गर्नुको लागि मिस फेसन सम्बन्धि जापानिज पनि जर्जको लागि छनौट गरिएको जानकारी दिनु भएको छ हामीसंग कुरा गर्दै सिनजोउ कर्पोरेशनका सिईयो उत्तम श्रेष्ठले जापानको अति व्यस्त जीवनमा आफ्ना सपनाहरु पुरा पार्ने उदेश्यका साथ यो कार्यक्रम सम्पन्न हुने भएकोले सहभागी हुन चाहाने ब्यक्तिहरुले इकेबुकुराेस्टेसन नजिक रहेको सिन्जोउ कर्पोरेशन तथासामाजिक सँजाल फेसवुकमा मिस एण्ड मिसेस जापान सर्च गरी सहभागी हुन सक्नुहुन्छ। साथै डेश्टिनी कृयसन तथा सिन्जोउ कर्पोरेशनको अफिसियल पेजबाट पनी सहभागी हुन सक्नुहुन्छ।जापानमा पहीलोपटक हुन लागेको यस कार्यक्रमलाई सफल पार्नको लागि जापानबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहीनीहरुलाई सिन्जोउ कर्पोरेशन र डेश्टिनी कृयसन द्धारा उपस्थितिकालागी विशेष निमन्त्रणा सहितको हार्दिक अनुरोधपनि गरेको छ ।सम्पर्क सिन्जोउ कर्पोरेशन लिमिटेड इकेबुकुरो अफिसमा गर्नु सक्नु हुनेछ! ‭03 6875 2124‬,‭080 5904 2012‬,‭090 9843 7897‬


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.