बलेवा सेवा समाजको अध्यक्षमा शर्मेन्द्र पौडेल चयन ।

Everest Fuji News २०७४ पुष २० मा प्रकाशित       Published at 2018 Jan 04


अर्जुन लामिछाने जापान, टोकियो जापानमा क्रियाशिल बलेवा सेवा समाज जापानको तेश्रो साधरण सभाले शर्मेन्द्र पौडेललाई अध्यक्षमा चयन गरेको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा सम्मन साधरण सभाले समाजका बर्तमान महासचिव पौडेलको नृेत्तवमा २८ सदस्यि नयाँ कार्य समिति चयन गरेको हो । साधरण सभाले आगामि २ वर्षे कार्यकालका अध्यक्षमा पौडेल सहित उपाध्यक्षमा राजन गिरि, रामु चपागाई, सुरेन्द्र पौडेल, महासचिवमा बिमल रिजाल, सचिवमा कृष्ण पौडेल र कोषध्यक्षमा बिकाश के सी तथा सह कोषध्यक्षमा बिनोद पौडेललाई चयन गरेको छ । साधरण सभाले सदस्यमा राजु पाठक, सपना पाठक, पृथ खड्का, गोविन्द्र पौडेल, अशोक खत्रि, सन्तोष सापकोटा, हरि रेग्मी, मनोज पाठक, प्रकाश पौडेल, दिपेन्द्र गरि, महेन्द्र ढकाल र सल्लाहकारमा कृष्ण केसि, दिपेन्द्र पाठक, बलराम भट्ट, सुर्य लामिछाने, गोविन्द्र सिंह, हरिजंग रायमाझि र राजु केसिलाई चयन गरेको महासचिव रिजालले जानकारी दिनभयो । साधरणसभाले समाजको संरक्षकमा महेन्द्र पिसि र प्रवत्तामा अर्जुन लामिछानेलाई चयन गरेको बताईएको छ । अधिवेसनले महासचिव शमेन्द्र पिसिले पेश गरेको सांगठनीक तथा प्रगति प्रतिवेदन, सह कोषध्यक्ष बिकाश के सी ले पेश गरेको अर्थिक प्रतिवेदन पाश गरेको छ । नव निर्वाचीत अध्यक्ष पौडेलले संस्थाले हाल सम्म गर्दै आएको सामाजिक सेवाका कार्यलाई आगामि कार्यकालमा निरन्तरता दिदै थप सामाजिक र बलेवा क्षत्रको पर्यटकिय प्रर्वद्धनको कार्य गर्ने बताउनुभयो । सामाजिक कार्यमा क्रियाशिल संस्थाले विभिन्न समयमा विभिन्न रोगबाट पिडितका लागि राहात संकलन, भुकम्प पिडितलाई आर्थिक सहयोग, विपिन्न विध्यार्थिलाई लक्षति गरि अक्षय कोष सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.