ओसाका,जापान ।
गैर आवासीय नेपाली संघ कान्साई क्षेत्रीय समितिको आयोजनामा अंग्रेजी नयाँ बर्ष २०१८ जनावरी १ मा कान्साइको ओसाका(उमेदा)मा रहेको होटल हिल्टनमा आयोजित नयावर्ष सांगीतिक धमाका २०१८ कार्यक्रम भब्यरूपमा सम्पन्न भएकोछ।

पुरुषोत्तम लामिछानेले सन्चालन गर्नु भएको साँगितिक कार्यक्रम मनिषा तमाङको स्वागत नृत्यबाट सुरुहुँदै स्थानिय कलाकार दिनेश केसीको गीत सँगै अगाडि बढेको थियो।सुरज कफ्लेको कमेडी नृत्यमा दर्शकहरु पेट मिचिमिची हाँसेका थिए।जापान चर्चित ड्रिमर्स् ग्रुपको गीत र नृत्यबाट दर्शकले खुब मनोरन्जन लिए ।कार्यक्रममा जिबन दाहाल र कृष्ण गुरुङले कार्यक्रमको माहोललाई बिस्तारै तताउदै गर्दा चर्चित संगिताकार तथा गयक चेतन सापकोटाले पुरै तताइ सकेका थिए । आफ्ना थुप्रै चर्चित गीत गएर दर्शकलाई नचाइ सक्दा स्टेजमा पलो आयो हाल चर्चाको शिखरमा पुग्न सफल गायिका इन्दिरा जोशीको ।उनको कर्ण प्रीय गीतले होटेलमा हिल्टन धमाकानै मचियो।आफ्ना थुप्रै चर्चित गीत गाईरहदा दर्शक निरन्तर नाचिनै रहे । समग्रमा सबै खाले साँगितिक प्रस्तुती रहेको कार्यक्रममा एउटै मंचबाट दर्शकले धेरै प्रकारका साँगितिक स्वादलिने अबसर प्राप्त गरे।

नेपालको बिकट तथा ग्रामीण क्षेत्रको शैक्षिक पुर्बाधार निर्माणको सहयोगार्थ एनआरएन कान्साइले आयोजना गरेको उक्त कार्यक्रम एन आर एन कान्साइका कार्यबहाक संयोजक प्रेम प्रसाद कंडेलको सभापतित्त्व तथा एन आर एन ए जापानका साल्हाकार तुल्सिराम खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।कृष्ण शर्मा गैरेले संयोजन गर्नु भएको कार्यक्रममा एन आर एन ए जापानका सल्हाकार नरेन्द्र बस्नेत दिनेश एन आर एन ए जापानका मानार्था सदस्यहरु आत्माराम शर्मा गैरे, टिकारम कंडेल लगाएत कान्साइमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
तीन सय पचासजाना भन्दा बढी दर्शकले भरिएको उक्त कार्यक्रमको कलाकार ब्यबस्थापन टिकाराम कंडेल र महेन्द्र केसीले गर्नु भएको थियो।
कार्यक्रममा फुकुओका आयोजना भएको फुत्सलमा कान्साइको प्रतिनिधित्व गर्दै सहभागीता जनाउने समुह, कलाकार तथा आर्थिक सहयोग गर्ने ब्यक्ती तथा संस्थालाई साम्मन गरिएको थियो ।