नागोया | गुरुङ समुदायको महान पर्व ल्होछारको अवसरमा तमु धिं जापान नागोयाले सदा झैँ यस वर्ष पनि ल्होछार साँझ-२०१८ सम्पन्न गरेको छ | नागोया चुरुमाइ स्थित बियर गार्डेनको सभा हलमा नयावर्ष संगै १ तारिक साँझ सम्पन्न गरेको छ | गुरुङ समुदायले यस ल्होसार संगै चरा वर्ग लाइ बिदाइ गर्दै कुकुर बर्गलाई स्वागत गरेका छन् |

गुरुङ्गहरुको आफ्नो जातीय पहिचान ,मौलिक भेष भुषा र सस्कृतिको संरक्षण गर्नको लागि उक्त कार्यक्रम गरिएको तमु धिं जापान नागोयाका अध्यक्ष शिवराम गुरुङले जानकारी दिनु भयो | कार्यक्रममा आफ्नो पहिचान झल्किने सास्कृतिक कार्यक्रम गरिएको थियो भने आफ्नो मौलिक पहिचानको जगेर्ना गर्न यस्ता कार्यक्रमहरुको आयोजना गरिरहनु पर्नेमा सबै बक्ताहरुको जोड रहेको थियो | कार्यक्रममा सहभागी हुन आइचिकेन ,मियकेन,गिफु बाट गुरुङ समुदायहरुको उपस्थित रहेको थियो | कार्यक्रम मा सहभागी सबैलाई धन्यवाद ब्यक्त गर्दै तमु धिं जापान ,नागोयाका अध्यक्ष गुरुङले आगामी दिनहरुमा पनि आफ्नो सस्कृति र मौलिकतालाइ जगेर्ना गरिराख्न यस्ता कार्यक्रमहरु गरिरहने प्रतिवद्दता जनाउनु भएको छ |