एउटा सानो माहोलमा पनि एक विशुद्द भावनाले संगठित भएको छ भने त्यस माहोलले नयाँ रुप लिन सक्छ ,जापानमा हप्तै पिछे हुने अनगिन्ती कार्यक्रमले समाजमा एउटा अघोसित अस्वस्थ प्रतिश्प्रधा खडा गरेको छ ।

समाजमा न कुनै देन छ , न उसको कुनै प्रतिष्ठा छ , ड्यासमा आशिन गराउने , खादा लगाउने , हल मा र मन्च मा सहभागी समान रुपका अत्यास लाग्दा कार्यक्रम । नेपालमा जस्त्तै समयमै कार्यक्रम सन्चालन हुन नसक्नु आदी आदी ।
तर तीन दशक पनि नकटेका युवा व्यवसायी जीवन गुरुङको नयाँ नेत्रुत्वले पहिलो अधिबेशनमै ६० मान ( करिब ६ लाख )को अक्षयकोष सन्कलन गरेको छ । उनले न ठुलो सभा हल बूकिङ गरे , न त कुनै सभा हलसगै रेष्टुरेन्ट । उनले आँफैले सन्चालन गर्दै आएका जापानिज एउटा सानो रेस्टुरेन्टलाई कार्यक्रम स्थल बनाए र तमु ल्होछारको प्रशादको पनि व्यवस्था गरे । माहोल निकै रमणिय , आनन्ददायी थियो ।
कोष खडा गर्नलाई न उनले कसैलाई अनुरोध गरे , न त कुनै अश्वासन । सहभागी सबैले आफ्नै स्वेच्छाले रकम हस्तान्तण गरे ।
नेत्रुत्वकर्ता सहयोगी , निस्पक्ष , छलकपड रहित व्यक्तित्व छ भने कार्यक्रममा सहभागीहरुबाट राम्रो रेस्पोन्स आउदो रहेछ भन्ने प्रमाण यस कार्यक्रमले देखाएको छ ।
पर्वत जिल्लाको पञ्चासेबाट जापानलाई कर्मो थलो बनाएका पर्बेतेलीहरुको एक भेलाले पञ्चासे समाज , जापान गठन गरेको छ । यसमा गुरुङहरुको वाहुल्यता भएकोले गुरुङ जातिको महान चाड तमु ल्होसार को अवसरमा गठन गरिएको हो ।
सफल युवा व्यवसायी जीवन गुरुङको अध्यक्षतामा गठन भएको उक्त समाजमा उपाध्यक्षमा ध्रुब गुरुङ र रन्जन गुरुङ चयन भएका छन भने महासचिवमा मन बहादुर गुरुङ , सचिवमा दिनेश गुरुङ , कोषाध्यक्षमा अन्जु गुरुङ , सह- कोषाध्यक्षमा सुमन गुरुङ सहित २१ जनाको कार्यसमिती चयन गरेको छ ।

सल्लाहाकारमा भागीराम गुरुङ, ओम प्रकाश गुरुङ राजेन्द्र गुरुङ, बल बहादुर गुरुङ, रामराज गुरुङ र लक्ष्मण गुरुङ रहेको छ । अधिवेशनले पञ्चासे गाउ तथा जापानबासी पञ्चासेबासिको हितमा लोककल्याणकारी परोपकारका लागि अक्षय कोषको स्थापना गरेको हो ।
सो तमु ल्होछार कार्यक्रममा जापानवासी स्थानिय तमु र तमुस्योहरुले बिभिन्न गुरुङ भाषाका गीतहरुमा नृत्य गरेका थिए भने व्याण्ड मेम्बर हरुले पनि विभिन्न गीत गाएर मनोरन्जन प्रदान गरेका थिए ।
https://youtu.be/Qm64EEjaq1k