अनिता गुरुङ तमु धि जापानको नयाँ नेत्रुत्वमा सुरुवात , एनआरएन जापानमा पनि उपाध्यक्ष -
Everest Fuji News२०७४ पुष १९ मा प्रकाशितPublished at 2018 Jan 03
तमु धि जापानले तमु ल्होछार चाड विविध कार्यक्रम सहित भब्य रुपले सम्पन्न भएको छ । जापानवासी कलाकार , नेपाल तथा लन्डनबाट आमन्त्रीत कलाकार हरुको पनि बेजोड प्रस्तुती रहेको थियो ।
तमु धि जापानले पहिलो पटक महिला नेत्रुत्व चयन गरेको छ । नेपालमा महिलाहरुले नेत्रुत्व लिने क्रम बढ्दै जादा विदेशमा पनि यसको असर परेको हो कि जस्तो भान भएको छ ।
यद्दपी महिला अध्यक्ष पद निभाएको जापानमा पनि पहिलो ईतिहास भएको छ । यिनै पहिलो भाग्यमानी नेत्री भएकी छिन तमु धि , जापानको अध्यक्ष अनिता गुरुङ ।
उनी एन आर एन जापानको पनि मनोनित उपाध्यक्ष हुन । निकै सकृय रुपमा सामाजिक कार्यमा कृयाशिल नेत्री गुरुङको अध्यक्षताको चयनले जापानबासी नेपालीको ध्यान केन्द्रित गरेको छ ।
निबर्तमान अध्यक्ष श्रीभद्र गुरुङ अब खेलकुद तर्फ कृयाशिल हुने आफ्नो फेसबूक स्टाटसमा उल्लेख गरेका छन ।
कार्यक्रममा समाजमा विशेस योगदान दिने व्यक्तित्वलाई ' मायाको चिनो ,टोकन अफ लब ' प्रदान गरेका थिए । नेपाली राजदुतावस , एनआरएन , सकृय संस्थाको प्रतिनिधि , तथा बृहत् तमु हरुले टोकियो स्थित इकेगामी खाइकान हल खचाखचले भरिएको थियो ।