टोक्यो, जापान ।संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको ७ नं प्रदेशका विशेष गरी सेती र महाकाली र अझ कर्णाली पारीका सवैको समुच्च रुप स्वर्गसरी रहेको कला, संस्कृति, भेषभुषा, रहनसहन, पर्यटन, जडिवुटी र अपार सौन्दर्यताको खानी रहेको सर्वविदितै छ।

यसै पवित्रभुमिवाट जापान आएर आफ्नो पहिचानमा एक ढिक्का भई बनेको सुदूरपश्चिमेली समाज जापानको अधिबेशन आउदो फेब्रुओरी ४ मा जापानको टोक्योमा हुने भएको छ । समाजको आइतबार बसेको कार्यसमितिको बैठकले अधिवेशनको औपचारिक मिति घोषणा गरेको हो ।
समाजको अधिवेशन टोक्योको ओकुवो स्टेशन नजिकै रहेको काठमाडौं लउंचको हलमा फेब्रओरी ४ आइतबारका दिन दिउसो १ बजेदेखि सुरु हुने आयोजक समितिले जानकारी दिएको छ । “सुदुरपश्चिमको विकासका लागि सुदूरपश्चिमेली” भन्ने मूल नाराका साथ स्थापित सुदूरपश्चिमेली समाजको अधिवेशनमा सहभागी भइदिनका लागि जापानमा छरिएर रहेका सबै सुदूरपश्चिमेलीहरुलाई आयोजक समितिले हार्दिक आह्वान गरेको छ ।
समाजले अधिवेशन सफल पार्न विभिन्न समितिहरु पनि निर्माण गरी कार्यविभाजन गरेको छ ।जसअन्तर्गत निर्वाचन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र व्यवस्थापन समितिहरु लगायत रहेका छन् छन् ।
त्यसैगरी पदम सिंह ठगुन्नाको नेतृत्वमा र राम खडका, विष्णु भट्ट र कमल वोगटी रहेको निर्वाचन समिती बनाएको छ भने आशिष रावलको नेतृत्वमा र दिनेश अधिकारी, लोकेन्द्र कुवर, विनोद चन्द, मदन मडै र मदन साउद रह्को आर्थिक कमिटी बनाएको जनाएको छ। समाजको अधिवेशनको व्यापक प्रचार र प्रसार गर्नुको लागि पनि पवन वर्षा शाहको नेतृत्वमा पूर्ण चलाउने र एच बि ताम्राकार रहेको प्रचार प्रसार समिति निर्माण गरेको छ।अधिवेशनलाई सवै तरहवाट व्यवस्थित गर्नुको लागि एकेन्द्र थापाको नेतृत्वमा भुवन संकर भट्ट रहेको व्यवस्थापन कमिटी बनाएको जनाएको छ।
समाजले टोक्योमा गर्न लागेको यो पाँचौ अधिवेशन हो जसमा जापानको विभिन्न क्षेत्रमा रहेका क्षेत्रीय कमिटीहरु तोचीगी, नागोया, सेन्दाई, ओकिनावा, फुकुओका लगायत अन्य विभिन्न ठाँउहरुवाट पनि व्यापक रुपमा सहभागी हुने र अधिवेशन कार्यक्रम भव्य बनाउने एक आयोजक सदस्यले बताएका छन।