एभरेष्ट इन्टरनेशनल स्कूलको वार्षिकत्सव सम्पन्न

Everest Fuji News २०७४ पुष ५ मा प्रकाशित       Published at 2017 Dec 20


टोकियो–जापानमा रहेको नेपाली पाठ्यक्रम अनुसार पढाइ हुने एकमात्र एभरेष्ट इन्टरनेशनल स्कुलको वार्षिक सास्कृतिक कार्यक्रम २०१७ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । मेगुरो कुमिन सेन्टरमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने गीत, नृत्य, कविता नाटक प्रर्दशन लगायतका विभिन्न रचनात्मक क्रियाकलापहरु प्रर्दशन गरेका थिए । विदेशमा रहेर पनि नेपाली पाठ्यक्रम अनुसारको शिक्षा प्रदान गरेको र नेपाली सास्कृतिक कार्यक्रममार्फत आफ्नो जन्मभूमिप्रतिको माया, नेपाली भाषा, सस्कृति र सस्कारको संरक्षण र संवद्र्धनमा विद्यालयले योगदान पुर्याएकोमा कार्यक्रममा बोल्न वक्ताहरुले सराहना गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास जापानका उप नियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपाल र जापानको सास्कृतिक भावनात्मक विचार साटासाटगर्नका लागि नेपाली विद्यार्थीहरुलाई आफ्नै पहलमा जापानी विद्यालयहरुमा भेटघाट गराउनका लागेको जानकारी दिनुभयो । उहाँले नेपाली पाठ्यक्रम अनुसार विदेशीमा शिक्षा प्रदान गर्नु अप्ठ्यारो हुदाहुदै पनि एभरेष्ट इन्टरनेशनलले गुणस्तरीय शिक्षा प्रदान गरेकोमा खुशी व्यक्त गर्दै आवश्यक सहयोग प्रदानका लागि दूतावास सधै तयार रहेको बताउनु भयो । गैर आवासीय नेपाली संघका प्रवक्ता भूषण घिमिरेले नेपाली भाषा र संस्कारलाई नयाँ पुस्तामा निरन्तरता दिनका लागि विद्यालयले नेपाली पाठ्यक्रम अनुसार शिक्षा प्रदान गरेकोमा धन्यवाद दिदै यस खालका कार्य गर्ने विद्यालय लगायतलाई सरोकारवाला निकायले राम्रो मूल्यांकन गरी आवश्यक सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभयो । अभिभावकको तर्फबाट आफ्नो मन्तव्य राख्दै सुदिप केसीले विद्यादयको आलसम्मका गतिविधिबाट अभिभावकहरु सन्तुष्ट रहेका र आगामी दिनमा बालबालिकाहरुलाई ठूलो मान्छे होइन असल मान्छे बन्ने सस्कार दिनका लागि अनुरोध गर्नुभयो । सुगीनामी सिटीका काउन्सुलर फुजीओ वातानावेल विद्यालयको प्रर्वद्धनका लागि आफू र आफ्नो कार्यालयका तर्फबाट सहयोग पुर्याउदै आएको र आगामी दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेले विद्यालयले विद्यार्थीको सुरक्षामा ध्यान दिदै गुणस्तरीय शिक्षाका लागि जोड दिनुपर्ने बताउनुभयो । प्रिन्सीपल प्रदीप थापाले विद्यालयले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउदै आगामी कार्ययोजनाका बारेमा समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नेपाली कला, सस्कृति, भेषभूषा अनुसारका हनुमान चालिसा, मैथिली नाच, घाटु नाच, कार्टुन नाच, विवाह सम्बन्धी नृत्य, सिन्ड्रेला नाटक,नेपाली राष्ट्रिय गान लगायतका विविध रचनात्मक क्रियाकलापहरु प्रर्दशन गरेका थिए । विद्यार्थीहरुको कला र गलालाई देखेर उपस्थित अभिभावक र अन्य आगन्तुकहरुले प्रसंसा समेत गरेका थिए । कार्यक्रमको अध्यक्षता गरिरहनु भएका विद्यालयका अध्यक्ष डा. भूपालमान श्रेष्ठले आगामी शैक्षिक सत्रदेखि विद्यालयले आफ्नै भवनबाट सेवाहरु प्रदान गर्ने र कक्षा ८ को पढाईको समेत सुरुवात गर्ने जानकारी गराउदै रचनात्मक सुझावका लागि सबैमा अनुरोध गर्नुभयो । कार्यक्रममा कक्षा तीनका रोचक पाठकले स्वागत मन्तव्य र विष्णु भट्टले कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.