जापानले फूलकुमारी महतो मेमोरियल अस्पताललाई मोबाइल कार सहयोग गर्ने काठमाडौँ पुस ३

Everest Fuji News २०७४ पुष ३ मा प्रकाशित       Published at 2017 Dec 18


जापान सरकारले फूलकुमारी महतो मेमोरियल हस्पिटललाई सुविधा सम्पन्न मोबाइल कार उपलब्ध गराउने भएको छ। नेपालका लागि जापानका राजदुत मासाशी ओगावा र अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले एक समारोहबीच उक्त सम्झौतामा मंसिर २७ गते हस्ताक्षर भएको छ।   जापान सरकारले ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्टअन्र्तगत यसपटक मोबाइल कार नेपाललाई उपहारस्वरुप प्रदान गरेको हो। करिब ६५ लाख मूल्य बराबरको उक्त मोबाइल क्लिनिकले तराई क्षेत्रका धेरै जनताहरुलाई उनीहरुकै घरदैलोमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न सहयोग पुग्ने राजदूत ओगावाले बताए। स्वास्थ्यकर्मीसहित उक्त मोबाइल क्लिनिक विभिन्न गाउँमा नियमित रुपमा गई स्वास्थ्य उपचारमा संलग्न हुने भएकोले सिरहा, धनुषा, उदयपुर र सिन्धुलीका जनताहरुले क्लिनिकबाट प्रत्यक्ष लाभ पाउने बताइएको छ। अस्पतालसम्म आएर उपचार गराउन नसक्नेहरुका लागि मोबाइल क्लिनिक वरदान सावित हुने फूलकुमारी महतो मेमोरियल हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले बताए। टोय फ्याक्ट्री जापानको अवधारणा बमोजिम तयार गरिएको सो टोयोटा गाडीमा चिकित्सक परामर्श तथा उपचारका कक्षको व्यवस्था गरिएको छ। साथै पोर्टेवल एक्सरे एवं ल्याब सहितको सुविधा रहने उक्त अस्पतालका प्रमुख अस्पताल प्रशासक विजय रिमालले बताए। खासगरी राजमार्गमा हुने दुर्घटनाका घाइतेहरुलाई तत्काल दूर्घटनास्थलमा पुगेर उपचार गर्न सो मोबाइल क्लिनिक उपयोगी हुने उनले बताए।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.