जापान सरकारबाट सिराहाका जनतालाई मोबाइल कार उपहार

Everest Fuji News २०७४ मंसिर २७ मा प्रकाशित       Published at 2017 Dec 13


काठमाडौं, २७ मंसिर — जापान सरकारले फूलकुमारी महतो मेमोरियल अस्पताललाई सुविधासम्पन्न मोबाइल कार उपलब्ध गराउने भएको छ । नेपालका लागि जापानका राजदूत मासाशी ओगावा र अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले एक समारोहबीच उक्त सम्झौतामा बुधवार हस्ताक्षर सम्पन्न भएको छ । जापान सरकारले ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत यसपटक मोबाइल कार नेपाली जनतालाई उपहारस्वरूप प्रदान गरेको हो । करीब ६५ लाख रुपैयाँ मूल्य बराबरको उक्त मोबाईल क्लिनिकले तराई क्षेत्रका धेरै जनताहरुलाई उनीहरुकै घरदैलोमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न सहयोग पुग्ने राजदुत ओगावाले बताउनु भयो । स्वास्थ्यकर्मीसहित उक्त मोबाईल क्लिनिक विभिन्न गॉउहरुमा नियमित रुपमा गई स्वास्थ्य उपचारमा संलग्न हुने भएकोले सिरहा, धनुषा, उदयपुर र सिन्धुलीका जनताहरुले क्लिनिकबाट प्रत्यक्ष लाभ पाउने उहांले बताउनु भयो । दूरदराजका जनताहरु जसलाई अस्पतालसम्म आई उपचार गर्न गाह्रो हुन्छ उनीहरुका लागि मोबाईल क्लिनिक बरदान सावित हुने फूलकुमारी महतो मेमोरियल हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले बताउनु भयो । गांउमा सामान्य स्वास्थ्यकर्मीहरुको अभावमा आफ्नो आमाको निधन हुंदाका पीडाले गर्दा आफूले गांउमा सुविधा सम्पन्न हस्पिटलको स्थापना गरेको बताउनु हुंदै उहांले अब मोबाईल क्लिनिकले अझ बढी जनताहरुलाई प्रत्यक्ष सेवागर्न सजिलो भएको डा. महतोले बताउनु भयो । टोय फ्याक्ट्री जापानको अवधारणा बमोजिम तयार गरीएको टोयोटा गाडीमा चिकित्सक परामर्श तथा उपचारका कक्षको ब्यवस्था गरिएको छ । साथै पोर्टेबल एक्सरे एवं ल्याब सहितको सुविधा रहने उक्त अस्पतालका प्रमुख अस्पताल प्रशासकविजय रिमालले बताउनु भयो । विशेषथरी राजमार्गमा हुने दूर्घटनाका घाईतेहरुलाई तत्काल दूर्घटनास्थलमा पुगीउपचारमा संलग्न हुन सजिलो हुने उहांले बताउनु भयो । टोय फ्याक्ट्री जापानका सल्लाहकार तादाहारु मियाकोशीले यसप्रकारको मोबाईल क्लिनिकको संसारभरी बढ्दो मांग रहेको र धेरै भन्दा धेरै मानिसहरु यसबाटलाभान्वितभएको बताउनु भयो । नेपालमा आफूहरुले पहिलोपटक यसप्रकारको क्लिनिक ल्याउन लागेको र यसले नेपालका ग्रामीण भेगका जनताहरुलाई सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.