जापानको फ्यामिली मार्ट स्टोरले फिट्नेस एन्ड जिम सेवा २४ घन्टा उपलब्ध गराउने ~

Everest Fuji News २०७४ मंसिर १८ मा प्रकाशित       Published at 2017 Dec 04


  जापानको फ्यामिली मार्ट कम्पनिले २४ घन्टे फिट्नेश जिम खोल्ने भएको छ । ग्राहकको चाहनालाई मध्य नजर राखेर यो योजना ल्याएको कम्पनिको दावी छ । आगामी ५ वर्ष भित्र ३०० वटा जिम हल खोल्ने योजना रहेको उल्लेख गरेको छ ।   जापानको मुख्य फ्यामिली मार्ट स्टोरको दोस्रो तल्लामा खोलिने यस फिट्नेस टोकियो स्थित वता वार्डमा अवस्थित फ्यामिली मार्ट स्टोरबाट सुरुवात गर्नेछ । 'द फिट एन्ड गो जिम ' नाम दिइएको यस नयाँ प्रविधिको व्यवसाय शैलीलाइ स्टोरमा काम गर्ने कर्मचारीले स्मार्ट फोनको एप्पस बाट सेवाग्राहिलाई सुचना तथा प्रयोग सम्बन्धी सुबिधा दिनेछ ।   जापानमा बड्दो कन्बिनियन्स स्टोर, ड्रग स्टोर र अन्य सम्बन्धीत व्यवसायको प्रतिष्प्रधात्मक बजारलाई मध्य नजर राखेर यो योजना ल्याएको कम्पनीको भनाइ छ । गत हप्ता पनि फ्यामिली मार्टले ग्राहकलाई आकर्षक गर्नको लागि कोइन लाउन्ड्री ( कोइन कपडा धुने मेशिन ) उपलब्ध गराउने घोषणा गरेको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.