सूचना आयोग टोली जापानका उच्च पदाधिकारीहरुसँग भेटघाट

Everest Fuji News २०७४ मंसिर १६ मा प्रकाशित       Published at 2017 Dec 02


जापान । जापानमा सूचना स्वतन्त्रताको हकको अवस्था अध्ययन गर्न टोकियो पुगेको राष्ट्रिय सूचना आयोगका विशिष्ट पदाधिकारीको टोलीले बिहीबार जापानका उच्च पदाधिकारीहरुसंग भेटघाट गरेको छ । राष्ट्रिय सूचना आयोगका आयुक्तद्धय किरण पोखरेल र प्रवक्ता समेत रहेकी यशोदादेवी तिम्सिना,सचिव शंकर पाठक टोकियो स्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल आयोगका शाखा अधिकृत रमेश लामिछानेको टोलीले बिहीबार जापानको सूचनाको हक विभागका लागि आन्तरिक मामिला तथा संचार मन्त्रालयका अध्यक्ष पूर्व उच्चअदालतका न्यायाधिश युईचि ओकादा, उप प्रमुख ताकासी सुदो र मन्त्रालयका परिक्षक सिन्तारो नाम्वुसंग भेटघाट सहित महत्वपूर्ण कुराकानी भएको हो । जापान सरकारको निमन्त्रणमा टोकियो आईपुगेको आयोग टोलीसंग बिहीबार सूचनाको हकको कार्यान्वय अवस्था र यसले समृद्ध नेपाल निमार्णमा पुर्याएको योगदानका वारेमा विशेष छलफल तथा अन्तकृया गरेको थियो । सो अवसरमा जापानमा सरकारी निकायले सूचना कसरी निर्देश गर्छ, मन्त्रालयहरुमा परेका सूचनाको हकको विरुद्धा आएका मुद्धाहरुको टुङगो कसरी लगाउछ तथा सूचनाको हक कानुनले भ्रष्टाचार नियन्त्रण र मुलुकको समृद्धिमा कसरी प्रभाव पार्छ लगायतका विषयमा वृहत छलफल भएको सहभागि आयुक्त पोखरेलले जानकारी दिए। सोही अवसरमा अध्यक्ष ओकादाले नेपालमा सूचनाको हकको कार्यान्वयको अवस्थाका वारेमा केही जिज्ञासाहरु राख्दै नेपालमा सूचनाको हक विषयमा जनमानसमा राज्यपक्षले गरेको जानकारी मुलक कार्यक्रमको प्रसंसा गरेका सहभागि सूचना आयोगका सचिव पाठकले जानकारी दिएको हो । सो अवसरमा जापानी सूचना आयोगका उप प्रमुख ताकासी सुदो र मन्त्रालयका परिक्षक सिन्तारो नाम्वुले आफनो कार्यपत्र पेश गर्दै सूचनाको हक कार्यान्वयनका लागि भएका राम्रा अध्ययनहरुका वारेमा विशेष छलफल समेत भएको टोकियो स्थित नेपाली दूतावासका उपनियोग प्रमुख अर्यालले जानकारी दिए।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.