
जापान - अर्घाखाँची समाज जापानले बुढावार ( हिजो ) त्रिशुली नदिमा भएको बस दुर्घटनाप्रती दु:ख व्यक्त गरेको छ । समाजले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काठमान्डौबाट अर्घाखाँची जादै गरेको लु २ ख २९१ न को बस दुर्घटनाप्रती दु:ख व्यक्त गरेको हो ।
समाजका अध्यक्ष नेत्रबहादुर विष्ट र महासचिव बाबुराम पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ , यो दु:खद घटनाबाट हुन पुगेको मानविय क्षतिप्रती गहिरो दु:ख प्रकट गरेको छ ।
समाजले शोक सप्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उक्त दुर्घटनामा ८ जनाको मृत्यु र भएको छ भने २२ जन घाइते भएका छन ।