गत साता अकस्मात हृदयघातबाट मृत्यु भएका एक मात्र प्रचन्ड पुत्र प्रकाश दाहाल र उनको शोक सभा चितवनमा भाग लिने क्रममा अक्स्मात हृदयघातबाट मृत्यु भएका खुशीराम पाख्रिनको स्मृतिमा टोकियोमा एक शोभा सभा सम्पन गरेको छ ।

जन प्रगतिशिल मन्च , जापानको आयोजनामा गरेको सो शोक सभामा स्वर्गिय प्रकाश दाहाल र स्वर्गीय खुसिराम पाख्रिनको सम्झनामा एक मिनेट मौन धारणा गर्दै प्रचन्ड पुत्र वैबाहिक जीवन बाहेक अन्य सबै पार्टी र जनताको लागि योगदान गरेको शोक सभाका वक्ताहरुले स्मरण गर्दै उनी आफ्नो बाबुको भूमिगत जीवन देखी वर्तमान सम्म एक सहयात्राी र अङग रक्षक पनि रहेको बताए ।
यसले गर्दा आफ्नो अध्ययनलाई बिट मान्नु परेको आफ्ना दौतरीहरुलाई बताउदै आएका स्वर्गिय प्रकाशका २ श्रीमती र २ छोराहरु प्रचन्ड निवासमै बस्ने निर्णय गरेका छन । यस भन्दा अघी उनिहरु एकै ठाउमा बस्दैनथे ।
त्यस्तै अर्का जनवादी नेता तथा पुर्व साँसद खुसिराम पाख्रिनको जनबादी गीतले देशमा आमुल परिवर्तन ल्याउनमा उहाको ठुलो योगदान रहेको सहभागी वक्ताहरुले स्मरण गरे ।
शोक सभा नेपाली जनप्रगतीशिल मंच,जापानका सल्लाहकार भुपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा ,गैर्आवासीय नेपाली संघ जापानका महासचिब बुद्दीराज घिमीरे विशेष अतिथि रहि एमाले प्रवासी संगठन प्रवासी नेपाली मंच जापानका उपाध्यक्षद्वय कुलचन्द्र खरेल, सिद्धार्थ श्रेष्ठ,एनआरएनए जापानका कोषाध्यक्ष कालिका थापा, बाबुराम भट्टराई नेतृत्व अन्तराष्ट्रीय नेपाली समाजका जापान अध्यक्ष पदम थगुन्ठ ,बाम एकताका नेताहरू ,चितवन समाज जापानका अघ्यक्ष राजन श्रेष्ठ लगाएत बिभिन्न संघसंस्थाका प्रतिनिधि पत्रकार, सहिद परिवारअको बाक्लो उपस्थिति रहेको थियो ।
शोक सभा नेपाली जनप्रगतीशिल मंच,जापानका अध्यक्ष हवल चन्द्र लामाको सभापतित्वमा महासचिब श्यामहरी पाण्डेले संचालन गरी सम्पन्न भएको थियो ।