व्यवसायी सम्बर गिरिका जेठा छोरा २४ वर्षे आदित्य गिरिको मोटार साइकल दुर्घटनामा मृत्यु भएको छ । गत शुक्रवार मध्य रातको २:३३ बजे २,३ दिन भित्रै नयाँ रेष्टुरेन्ट ओपनिङको तयारिमा रहेका घर फर्कने बेलामा माल बाहक ट्रक सँग जुध्दा सो घटना भएको हो ।
साईतामा केन कावागुचि हिगासी रयौकाई बस्दै आएका गिरी घटना लगत्तै ट्रक चालक र स्थानीयबासिले प्रहरीलाई खबर गरी तुरुन्तै अस्पातल पुर्याएको तर उनको मृत्यु भई सकेको अस्पातालले जनाएको थियो।

पुर्वी बिकास सहकार्यका वरिष्ठ उपाध्यक्ष भुपी गोनिन्द श्रेष्ठका तथा सचिव कुमार बनका अनुसार बाबु सम्बर गिरी र आमा लक्ष्मी गिरीलाई प्रहरिले नै खबर गरेका थिए ।
ओखल्ढुङ्गा , कुन्तादेवी - ४ मा जन्मेका गिरिको परिवार काठमान्डौ , सितापाइलाका स्थाईबासी हुन ।
उनिहरुले छोरा आदित्यलाई करिव ७ वर्ष पहिले जापान ल्याएका थिए । मृतक आदित्यलाई पोस्ट मार्टमको प्रकृया सकी साइतामा, खावागुचिबाट नोबोरितोमा लगिएको छ ।
अहिले उनको दाह सँस्कार र जीवन विमाको लागि योकोहामामा जापानी वकिलहरु सँग परामर्शको भईरहेको एनआरएन जापानका उपाध्यक्ष देवीलाल भण्डारीले जानकारी गरएका छन । उहाका अनुसार पर्सी सम्ममा दाह सँस्कारको मितीको टुङो लाग्ने बताउनु भएको छ ।
#एभरेष्ट फुजी न्युज डट कम परिवार हार्दिक श्रद्दान्जली अर्पण गर्दछ #