जापानी राजदूतसहित उद्यमीको टोली वीरगञ्जमा

Everest Fuji News २०७४ कार्तिक २३ मा प्रकाशित       Published at 2017 Nov 09


कात्तिक २३, वीरगञ्ज । मुलुककै मुख्य औद्योगिक तथा व्यापारिक केन्द्र वीरगञ्ज वैदेशिक लगानीको गन्तव्य बन्न सक्ने जापानी लगानीकर्ताले बताएका छन् । नेपालका लागि जापानी राजदूत मसासी ओगावासहित वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरस्थित केएनपी जापान प्रालि र वीरगञ्ज सुक्खा बन्दरगाह भ्रमणमा आएका लगानीकर्ताले यस्तो बताएका हुन् । जापान, भारत र नेपालका लगानीकर्ताको साझेदारीमा सञ्चालित उद्योग अवलोकनपछि राजदूत ओगावाले वीरगञ्ज जापानका लगानीकर्ताका लागि लगानी गन्तब्य बन्न सक्ने बताए । उनले वीरगञ्जको निजीक्षेत्रसित समन्वय गरी लगानी भिœयाउन पहल गर्ने प्रतिबद्धतासमेत गरे । जापान चेम्बर अफ कमर्श सिङ्गापुरको १२ सदस्यीय टोलीलाई लिएर राजदूत बुधबार वीरगञ्ज आइपुगेका हुन् । चेम्बरका अध्यक्ष टोचिओरी टाकुहिकोले केएनपी जापान प्रालिको सफलता देखेर आफूहरू उत्साहित भएको बताए । नेपालमा उद्योग, व्यापार, पारवहन, वित्तीय तथा पर्यटन क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको पनि उनले उल्लेख गरे । सो उद्योगका साझेदार एवम् नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार वैदले वीरगञ्ज मुलुककै औद्योगिक र व्यापारिक केन्द्र भएकाले लगानीको पर्याप्त सम्भावना भएको बताए । वीरगञ्ज र आसपासका क्षेत्रमा पर्याप्तै औद्योगिक र व्यापारिक महत्वका पूर्वाधार उपलब्ध भएकाले जापानी लगानीकर्तालाई यो सम्भावनाको सदुपयोग गर्नसमेत उनले आग्रह गरे ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.