जापानमा दुई नेपाली युवा जापानी युवतीमाथि यौन दुराचार गरेको आरोपमा पक्राउ

Everest Fuji News २०७४ कार्तिक २२ मा प्रकाशित       Published at 2017 Nov 08


टोकियो । पैसा दिएर जापानी किशोरीलाई होटलमा लगि यौन दुराचार गरेको आरोपमा दुई नेपाली युवा पक्राउ परेका छन् ।   समाचार अनुसार हाईस्कुल पढ्ने जापानी छात्रालाई पैसा दिएर होटलमा लगि यौन दुराचार गरेको घटनाको एक बर्षपछि उनिहरु पक्राउ परेका हुन् ।   पक्राउ परेका नेपाली युवाहरुको परिचय सार्वजनि नगरि जापानी प्रहरी १५ हजार येन दिएर उक्त किशोरीलाई यौन दुराचार गरेको बताएको छ ।   प्राप्त समाचार अनुसार सिजुओका प्रान्तको सिजुओका शहर, आओई वार्डमा बस्दै आएका उनीहरु पक्राउ परेका हुन् ।   सामाजिक संजालमा चिनजान भएकै आधारमा भेट गर्न बोलाएर पैसाको लोभ देखाइ सामुहिक यौन दुराचार गरेको प्रहरीले बताएको छ ।   पक्राउ परेका मध्ये एकले आरोप स्विकार गरेको समेत बताइएको छ ।   सन् २०१६ को मे महिनाको ८ तारिखमा भएको भनिएको उक्त घटना युवतीले घर फर्कंदा बाटो पत्ता नलागेपछि प्रहरीलाई सोध्ने क्रममा खुलासा हुन पुगेको थियो । प्रहरीले युवतीमाथि थप केरकार गर्दा घटनाबारे बताएकी थिइन् । युवतीको भनाई र सामाजिक सञ्जालमा युवतीमाथि सम्पर्क गर्न प्रयोग गरिएको ठेगाना हेरेर उनीहरुबारे खोजि र जानकारी बटुलीरहेको प्रहरीले युवतीले आफुमाथी होटलमा जर्वजस्ती यौन दुराचार भएको बताएपछि उनिहरुलाई पक्राउ गरेको जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.