जापानमा ८० भन्दा बढी संघ संस्था , पाएनन सहयोग सुदुर पश्चिमका खेमराज भट्टले ,विद्यार्थीद्धारा आर्थिक सहयोग प्रदान

Everest Fuji News २०७३ श्रावण ७ मा प्रकाशित       Published at 2016 Jul 22


image यदी अन्तराआत्मा देखी नै दया माया पलाउछ भने कुनै संघ संस्थाको परीकल्पना गरी रहनु पर्दैन , समाज , छिमेक, अर्थात आफ्ना मातहतका साथी भाई हरुको जमातमा पनि हामी एकिक्रित भई कुनै कार्य दिशा गर्नको लागि पहल गर्न सक्छौ । यसलाई प्रमाणित गरेर देखाएकी छिन जापानको योकोहामामा अध्ययनरत विद्यार्थी "योकोहामा फेसन कलेज अफ टोक्यो"का रमा पराजुली ले । उनको नेत्रुत्वमा क्यान्सर पीडित खेमराज भट्टले केही भए पनि आर्थिक सहयोग पाएका छन । बैतडी जिल्ला घर भई रोजगारीको सिलसिलामा जापानमा आएका क्यान्सर पीडित खेमराज भट्टको उपचारका लागि सहयोग गरेका हुन । विहिवार एक समारोहका वीच उनै विद्यार्थीहरुले एक लाख सात हजार एक सय एघार जापानी येन सहयोग गरेका छन् । विधार्थी रमा कोइरालाको नेतृत्वको टोलीले सो रकम भट्टलाई हस्तान्तरण गरिएको हो । क्यान्सर रोगबाट पीडित भट्टको उपचारको लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम संकलन गरि भट्टलाई हस्तान्तरण गरिएको विधार्थी कोइरालाले बताइन ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.