जापानमा २७ बर्षीय युवाको कोठामा ९ जनाको शव टुक्रा टुक्रा पारेको अवस्थामा भेटियो

Everest Fuji News २०७४ कार्तिक १४ मा प्रकाशित       Published at 2017 Oct 31


टोकियो । जापानमा एक युवाको कोठामा ९ जना व्यक्तिको विभत्स तरिकाले हत्या गरी टुक्रा टुक्रा पारि राखिएको अवस्थामा फेला परेको छ ।   जापानमा इतिहाँसमै एक क्रुर घटना भएको भन्दै प्रहरीले घटना अकल्पनिय र अत्यासलाग्दो भएको बताएको छ ।   एनएचके टेलिभिजनका अनुसार ९ जनालाई टुक्रा टुक्रा पारि शव राखिएको सो कोठाबाट २७ बर्षीय ताकाहिरो सिराइसी नामक एक जापानी युवालाई पक्राउ गरेको छ ।   टोकियो मेटेपोलिसका अनुसार जामे सिटि नजिकै सोमबार घटनास्थल पत्ता लागेको हो । प्रहरीका अनुसार हाचिओजीबाट बेपत्ता २३ बर्षिय युवतिको खोजि गर्ने क्रममा सो स्थान भेटिएको हो । बेपत्ता युवति गत हप्ताको मंगलबारबाट सम्पर्कविहिन भएकी थिइन् ।   खोजिका क्रममा उक्त कोठामा तापक्रम मिलाउने एक एसि बक्समा दुई जनाको शव टुक्रा टुक्रा अवस्थामा भेटिएको थियो । पछि खोजीका क्रममा अन्य ७ जनाको शव कोठामा प्याक गरिएको अवस्थामा टुक्रा टुक्रा अवस्थामा भेटिएको हो ।   प्रहरीका अनुसार बेपत्ता किशोरीले आफुले आत्महत्या गर्न लागेको भन्ने म्यासेज परिवारमा पठाएकी थिइन् । जुन सन्देश ९ जनाको शव टुक्रा टुक्रा पारि राखेको युवाको कोठा नजिकैबाट पठाएको देखिएको छ । मंगलबारबाट बेपत्ता युवती सोमबार उक्त कोठा नजिक हाचिवोजि रेल स्टेशन अगाडी सँगै देखिएको भिडियो फुटेजबाट पत्ता लागेको थियो ।   जापान प्रहरीले अनुसन्धान गरिरहेको भन्दै शव भेटिएका ९ जना मध्ये ८ जना महिला र एक पुरुषको शव रहेको छ । तर गत हप्ता बेपत्ता युवती ति शव मध्ये हो वा होइन भन्ने परिक्षण हुन बाँकी रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.