जाइकाको टोली वीरगंज पुगेर व्यवसायीसँग गर्यो छलफल, जापानी लगानीको उद्योग अवलोकन

Everest Fuji News २०७४ कार्तिक १३ मा प्रकाशित       Published at 2017 Oct 30


वीरगंज।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले वीरगंजको व्यापारमा चासो देखाउँदै व्यवसायीसँग छलफल गरेको छ। वीरगंज उद्योग वाणिज्य संघ र जाइकाका प्रतिनिधीबीच सोमबार छलफल भएको हो।संघका कार्यवाहक अध्यक्ष गोपाल केडियाले वीरगंजको औद्योगिक र व्यवसायिक अवस्थाका बारेमा जानकारी गराएका थिए।जाइका नेपाल अफिसका परियोजना तर्जुमा सल्लाहकार न्याटसुको फुरुकावाले यस क्षेत्रको विकासको लागि आपूmहरुले योजना तर्जुमा गरी परियोजना प्रमुख समक्ष सुझाव प्रस्तुत गर्ने बताए।कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोककुमार टेमानी, गणेशप्रसाद लाठ, अशोककुमार वैध, महासचिव सुनिलकुमार खेतान, जाइका नेपाल अफिसका प्रोग्राम अफिसर प्रशन्न अर्याल, जाइका एक्सपर्ट मिकिओ टामाडा, जाइकाका स्नेहा शाक्य ,संघका उपाध्यक्ष सुबोधकुमार गुप्ता तथा मनोज उपाध्यायलगायतको सहभागिता थियो । टोलीले जापानी लगानीको पहिलो उत्पादनमूलक उद्योग केएनपी जापान ईण्डष्ट्रिज प्राली परवानीपुरको समेत अवलोकन गरेको छ।कन्सार्इ नेरोल्याक पेन्टस उत्पादन गर्ने यो कम्पनीमा जापानको संयुक्त लगानीमा स्थापना भएको हो।नेपालमा पहिलेनै ब्राण्ड दर्ता गरेका कारण नयाँ ब्राण्ड राखेर पेन्ट्स बिक्री गरिरहेको छ। कन्सार्इ नेरोल्याक ब्राण्ड अदालतबाट खोसिएपछि कम्पनीले केएनपी ब्राण्डमा पेन्टस् बजारमा ल्याएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.