डिप्लोमेसी दुत र एनआरएन दुत मिली नेपालको शिक्षामा लगानी गर्नु पर्छ' उपकूलपती खनिया

Everest Fuji News २०७४ कार्तिक १० मा प्रकाशित       Published at 2017 Oct 27


जापान, टोकियो । नेपालको शिक्षा क्षेत्रमा सरकारी तथा गैर सरकारी संस्थाबाट लगानी भएता पनि अनुसन्धान निकायमा बजेटको पहुच नभएकोले अनुसन्धान तथा खोज अध्ययन गर्न विदेशिनु परेको छ। यसले गर्दा मुलुकलाई चाहिने युवा शक्ति बिदेश पलायन हुनु परेको छ । उक्त भनाइ गत सोमवार चितवन समाज जापानद्वारा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्व विद्यालयका उपकूलपति प्रा.डा.तिर्थराज खनियाले व्यक्त गरेका थिए । नेपाल सरकारले नेपाली विध्यार्थिलाई क्रेडिट इस्स्युमा अध्ययन गर्न पाउनु पर्ने माग राख्दै उहाले त्रिभुवन विस्वविध्यालय लगायत सम्पूर्ण शिक्षा क्षेत्र नै राजनीतिकरण भएकोमा चिन्ता व्यक्त गर्नु भयो । फिलिपिन्सको मुख्य आयस्रोत भनेके पानी जहाज विक्री वितरण गर्नु रहेको उल्लेख गर्दै विक्रेताहरु भित्र्याउनको लागी फिलिपिन्सको डिप्लोमेसी (सरकारी)दुत सरह एनआरएन दुतले प्रमुख भूमिका खेलेको हुनाले उनीहरुलाई त्यहा अवैतानिक दुत सरह मान्यता दिएको उदाहरण दिए । उहाले थपे विश्वमा छरिएर रहेका सहित जापानमा रहेका ७० हजार नेपालीलाई पनि सम्बोधन गरिनु पर्ने अडान राख्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले स्वदेशमा योगदान दिने व्यक्तित्वलाई नेपाल सरकारले अवैतानिक दुत घोषणा गर्नु पर्ने माग राखे । उहाले सन् १९८७ ~१९९० ताका बेलायतमा विध्यावरधी गर्न जादा कोही पनि नेपाली नभेट्ने तर भारतीय भेट्दा पनि आफ्नै नेपाली भेटे जस्त्तै हुने भन्दै स्वदेशमा भन्दा विदेशमा आफ्नो देशको माया बढी हुने आफ्नो अनुभव सुनाउनु भएको थियो । विश्वमा सबै भन्दा बढी रेमिट्यान्स भित्रिने देश फिलिपिन्स भए जस्त्तै बर्तमान परिस्थितीमा नेपाल पनि रेमिट्यान्सले नेपालीहरुको जीवनस्तर गुज्रेको हुनाले रेमिट भित्र्याउने नेपालीको पनि सम्बोधन हुनु पर्ने जिकिर गरे । गत हप्ता मनोनित हुनु भएका एन आर एन अन्तरराष्ट्रिय समन्वय परीषदका प्रवक्ता भुषण घिमिरेले अधिकतम संकाय भएको त्रिभुवन विश्व विद्यालयमा सबैले माया गर्नु पर्ने अभिव्यक्ती दिदै उहाले विश्वको कुनै पनि देशमा यस्तो सुबिधा नभ्एको उल्लेख गर्नु भयो । चितवन समाज जापानका कार्यवाहक अध्यक्ष इशोरी कँडेल सेवाले आफुले राम्रो शिक्षा हासिल गर्न नसके पनि आफ्नै घर अगाडि रहेको क्याम्पसलाई हर तरहले सहयोग गर्ने बाचा गरे । अन्तरराष्ट्रिय शिक्षा आदान प्रदान सेमिनारलाई सम्बोधन गर्न जापान सरकारको निमन्त्रणामा आउनु भएका प्रा.डा.खनिया पनि चितवनवासी भएकोले समाजले उहाको स्वागत , सम्मान र अन्तर्कृया कार्यक्रम राखेको हो । कार्यक्रममा पि.एच.डी स्टुडेन्ट , जनसँम्पर्क समिति जापान , ओएन एफ , जापान , संचारकर्मी, समाज सेवी र स्थानियवासीले पनि सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा प्रा.डा. खनिया , उहाकी धर्मपत्नी शान्ती खनियाका साथ प्रवक्ता घिमिरेलाई पनि खादा ओढाइ सम्मान गरेका थिए ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.