चितवन समाज जापानको शुभकामना तथा देउसी भैलो कार्यक्रम सम्पन्न -
Everest Fuji News२०७४ कार्तिक ३ मा प्रकाशितPublished at 2017 Oct 20
जापान , टोकियो ।
चितवन समाज जापानले नेपालीहरुको दोस्रो ठुलो चाड देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
समाजसेवि दिपक सुबेदिको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा जापानको टोकियो स्थित शिन ओकुबोमा भएको उक्त कार्यक्रममा विशिष्ट व्यक्तित्व लगायत अन्य समाजसेवीहरुको पनि उपस्थिती थियो ।
कार्यक्रमको सभापतित्व समाजका कार्यवाहक अध्यक्ष इश्वरी कंडेलले गरेका थिए भने ने क पा एमाले ओ एन एफ कान्तोका अध्यक्ष सुजन पन्त , इजिलिन्क रेमिट्यान्सका अध्यक्ष डि पि अर्याल , ओभरसिज रेमिट लगायतका स्थापित व्यवसायीहरुको पनि उपस्थिती थियो । सहभागीहरुलाई तिहारको प्रतिक सेलरोटी सेट खाजा पनि उपलब्ध गरेका थिए ।