काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएन) को प्रवक्तामा भूषण घिमिरे नियुक्त भएका छन्।

बुधवार बसेको संघको नवर्निवाचित कार्यसमितिको बैठकले भूषणलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो।
जापानको सोफिया युर्निभरसिटीबाट पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे टोकियोमा रेष्टुरेन्ट तथा ग्रोसरी व्यवसायमा आवद्ध छन्।
१६ वर्ष देखी जापानमा बसोवास गर्दै आएका उनी यसअघि युग सम्वाद साप्ताहिकको कार्यकारी सम्पादक भएर काम गरेका थिए। उनी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यसमेत भइसकेका छन्।
प्रवक्तामा घिमिरे सहित महत्वपूर्ण ५ पद जापानलाई
प्रवक्तामा घिमिरे सहित जापानमामा ५ जना सशक्त भूमिकामा पद हासिल गर्न सफल भएका छ ।
अध्यक्षमा भवन भट्ट, एसिया प्यासिफिक क्षेत्रिय संयोजकमा किरण विक्रम थापा , उप-संयोजकमा पारशमणी पोखरेल , युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् भने यस अघि आईसिसी सदस्यमा कपिलदेव थापा , दिनेश गुरुङ , अनुज थापा ,डिलाराम खरेल र केशर गिरी सर्वसम्मत चयन भएका छन् ।