मंगलवार, आश्विन ३१, २०७४ काठमाडौै — गैरआवासिय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।
संघको राजधानीमा भएको आठौं विश्वसम्मेलनबाट अध्यक्षकी प्रत्यासी जमुना घलेलाई भारी मतान्तरले पराजित गर्दै भट्ट विजयी भएका हुन् ।

गएराती सम्पन्न मतगणनामा भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् भने घलेले ५ सय ८४ मत प्राप्त गरेकी छन्। सम्मेलनमा एक हजार ७८८ एनआरएन मतदानमा सहभागि भएका थिए ।
यस्तै उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य विजयी हुँदा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएकी छन् ।
महासचिवमा डा बर्दी केसी, सचिवमा डिबी क्षेत्री विजयी भएका छन् | कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भए ।
जापानको ६जना उमेदवारमध्य ४ जनाले विजयी भएका छन । जसमा एशिया प्रशान्त क्षत्रिय सन्योजकमा किरणविक्रम थापा , उपसन्योजकमा पारशमणी पोखरेल र युवा सन्योजकमा सुदन थापा विजयी भएका छन छन । किरणविक्रम थापासँगका एकै पदका प्रत्यासी गोनिन्द श्रेष्ठ ' रोदन ' र उपाध्यक्ष पदका चिरिन्जिबी थापा बाहेकका अन्य उम्मेदवारीको विजयले जापानमा विश्वको एनआरएको ध्यान जापानमा केन्द्रित हुनेछ ।
गोरखाका जन्मिएका नवनिर्वाचित भट्ट जापानमा व्यवसायमा संलग्न छन् । उनको जापानमा दुई सय ९० रेस्टुरेन्ट रहेको बताइन्छ ।
यसैबीच नवनिर्वाचित अध्यक्ष भट्टले आफूलाई जिताउने सबै एनआरएनलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले चुनावी परिणामलाई स्वाभाविक रुपमा लिई एकजुट भएर अघि बढ्न समेत आह्वान गरे ।

उनले आफ्नो कार्यकालमा एनआरएनका एजेन्डाहरुमा काम गर्ने बताए
केही मुख्य पदका सहितको मत परिणामहरु :
अध्यक्ष पद :
भवन भट्ट -१९९६( विजयी )
जमुना घले गुरुङ -५८४
उपाध्यक्ष :
कुमार प्रसाद पन्त १०३० (विजयी )
कुल आचार्य -६४४ (बिजयी )
चिरिन्जिबी थापा -३८०
खगेन्द्र क्षेत्री- ३४९
रबिना थापा -२६४
सोनाम लामा -४३६
महिला उपाध्यक्ष :
सपिला राजभन्डारी -१०३४ ( विजयी )
रन्जु थापा -६३५
महासचिव :
डा बद्री केसी -७६७ (विजयी )
सचिव:
जानकी गुरुङ- ६५५
डि बि क्षेत्री- ६८६
कोषाध्यक्ष:
हिकमत कार्की - १०३८ ( विजयी )
सह कोषाध्यक्ष:
सोम सापकोटा -१०३४ (विजयी )
महिला सन्योजक:
रजनी प्रधान -९८२ ( विजयी )
युवा संयोजक:
सुदन थापा -४९७ (विजयी )
महिला संयौजक:
भूमा देवी लिम्बु -६७६ (विजयी )
युरोप क्षत्रीय संयौजकमा ६ जना उम्मेदवार मध्य :
बेल्जियमका शिव बरुवाल विजयी भएका छन ।
युरोप क्षत्रीय महिला संयौजकमा बेलायतकी संगिता मरहट्ठा विजयी भएकी छन ।
अमेरिका क्षत्रीय संयौजकमा गौरिराज जोशी विजयी भएका छन ।
अमेरिका क्षत्रीय उप संयौजकमा नविन शेरचन विजयी भएका छन ।
अमेरिका क्षत्रीय महिला उप संयौजकमा अमेरिका कै संगिता लम्साल शिवाकोटी विजयी भएका छन।
ओशिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका धर्मराज अधिकारी विजयी भएका छन् । ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएकी छिन् ।
मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारका आरके शर्मा विजयी भएका छन् । मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ विजयी भएका छन् । क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् ।
एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन् । यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन् ।
अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् । उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् ।