एनआरएनएको चुनावी प्रचारमा जे देखियो (फोटो फिचर)

Everest Fuji News २०७४ आश्विन ३० मा प्रकाशित       Published at 2017 Oct 16


काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्तापद्धि दिनभरी चुनावको चहलपहल रह्‍यो।शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट आज बिहान १०ः३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो। सम्मेलनमा एक हजार ८५४ जना मतदाता भोटका लागि होटेल ह्‍यातमा उपस्थित थिए। दिउँसो ४ बजेपछि सुरु हुने मतदानअघि वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती जमुना गुरुङ र भवन भट्ट समूहका प्‍यानलले अध्‍यक्षमा जिताउन चुनाव प्रचारमा जुटेका थिए। उनीहरुले आआफ्नो पक्षका पर्चा पम्प्लेटका साथै गीत स‌गीतमार्पत चुनावमा भोट मागिरहेका देखिन्थे। यस्तै उपाध्यक्षमा चिरिञ्जीवी थापा, खगेन्द्र क्षेत्री, कुल आचार्य, सोनम लामा, कुमारप्रसाद पन्त, रविना थापाले उम्मेदवारी दिएका छन्। महिला उपाध्यक्षमा रञ्जु थापा र सपिला राजभण्डारी, महासचिवमा अर्जुनकुमार श्रेष्ठ, डा बद्री केसी, यमकुमार गुरुङ (त्रिलोक), सचिवमा डिबी क्षेत्री, डा देवीबहादुर बस्नेत, गणेश केसी, ऋषिराम कँडेल, सन्तोषकुमार भट्टराई, कोषाध्यक्षमा हिक्मत थापा र मुक्षेत्र गुरुङ र सहकोषध्यक्षमा चक्रबहादुर थापा र सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन्। एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ।यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसेनिया र मध्यपूर्वका एक–एकजना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक–एकजना तथा युवा संयोजक र उपसंयोजक एक–एकजना रहने व्यवस्था गरिएको छ। ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ।(अन्नपूर्णपोष्ट )    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.