न. १ ट्राभल र इजिलिन्क रेमिट्यान्सले कामातामा संयुक्त कारोबार सुरु गर्ने ..

Everest Fuji News २०७४ आश्विन २८ मा प्रकाशित       Published at 2017 Oct 14


जापान,२८ असोज । एयर टिकेटिङ गर्दै आएको नम्बर वन ट्रावल र रेमिट्यान्स कम्पनी इजी लिंकले जापानको कामताबाट संयुक्त कारोबार सुरु गरेको छ । कामतामा आज शनिवारवाट संयूक्त ब्यवसायिक सुरु गर्ने गरि शाखा अफिस एक औपचारिक कार्यक्रम गरि सुरु गरेको हो । आज एक कार्यक्रमका विच नम्बर वन ट्रावल कम्पनीका तर्फवाट मेनेजिङ डिरेक्टर रानजन दासदेब र डिरेक्टर हिदेओ सावदा र इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले संयूक्त रुपमा रिवन काटेर कारोवार सुरु गर्ने गरि शाखा स्थापना गरेका छन् । दुवै कम्पनीले दोहोरो ब्यवसाय सम्झौता गरि कामताबाट संयुक्त कारोबार सुरु गरेको इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले बताउनु भयो । एयर टिकेटिङमा विशेष गरि विदेशिहरुलाई प्राथामिकता दिएर सहुलियत दिने नम्बर वन ट्रावल कम्पनीका मेनेजिङ डिरेक्टर रानजन दासदेबले बताउनु भयो । यि दुई कम्पनी नम्बर वन ट्रावलको टिकट लिएर आए इजी लिंकवाट फ्रि रेमिट्यान्स गर्न सकिने र इजी लिंकवाट पैसा पठाएको रिपेप्ट लिएर गए नम्बर वन ट्रावलले टिकेटिङमा सहुलियत दिने जनाएको छ । यी दुवै कम्पनीले एकै ठाउँवाट आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान बताएको छ |


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.