एभरेष्ट स्कुलको पांचौं बार्षिक खेलकुद दिवस सम्पन्न

Everest Fuji News २०७४ आश्विन २४ मा प्रकाशित       Published at 2017 Oct 10


एभरेष्ट स्कुलको पांचौं बार्षिक खेलकुद दिवस सम्पन्न टोकियोमा नेपालीहरुको लगानीमा नेपाली बालबालिकाहरुलाई लक्षित गरी संचालनमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुल जापानको पांचौं बार्षिक खेलकुद दिवस यहि शनिबार सम्पन्न भएको छ । स्कुलमा अध्ययनरत करिब १८० जना बिद्यार्थी र उनीहरुका अभिभावकहरुको उल्लेख्य सहभागिताका साथ सो दिवस सम्पन्न भएको हो । शिक्षा र स्वास्थ्यमा खेलकुदको अपरिहार्यता भन्ने मूल नाराका साथ सम्पन्न सो खेलकुद दिवस टोकियोको आसागाया स्थित प्राथमिक बिद्यालयको कवर्ड हलमा आयोजना गरिएको थियो । स्कुलले बार्षिक रुपमा आयोजना गर्ने महत्वपूर्ण कार्यक्रम मध्ये यो पनि एक हो । खेलकुद कार्यक्रम पूर्व-प्राथमिक र प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई छुट्टाछुट्टै तालिका बनाएर सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाल र जापानमा खेलिने बिभिन्न खेलकुदहरुलाई समाबेस गरिएको थियो । बिशेष गरी प्राथमिक स्तरका बिद्यार्थीहरुलाई रातो, नीलो, हरियो र पहेंलो गरी चार समुहमा बिभाजन गरी खेलकुदमा प्रतिस्पर्धा गराईएको थियो । जसमा अत्याधिक अंक सहित पहेंलो समुहले प्रथम स्थान हासिल गरेको थियो । बिजेता तथा सहभागी बिद्यार्थीहरुलाई स्कुल ब्यवस्थापन समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठले बिजेताकप तथा पदकहरु बितरण गर्नुभएको थियो । कार्यक्रममा सुगिनामी सिटी काउन्सिलर फ़ुजिओ वातानाबे, बिद्यालय ब्यवस्थापन समितिका सदस्य बिशेश्वर रेग्मी लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको अन्तमा अभिभावकहरु बिचको डोरी तान्ने खेलको प्रतिस्पर्धाले थप मनोरन्जन दिएको थियो । सो खेलकुद दिवसको समापन गर्दै अध्यक्ष डा. श्रेष्ठले कार्यक्रम सफ़लताको लागि सहयोग गर्नुहुने अभिभावक, भोलेन्टियर, शिक्षक-शिक्षिका लगायत सम्पूर्णमा धन्यबाद ब्यक्त गर्नु भएको थियो भने स्कुलका प्रिन्सिपल प्रदिप थापाले आफ़्ना बालबच्चाहरुलाई फ़ुर्सदको समयमा कुनै न कुनै खेलकुदमा सहभागी गराउनुहुन अभिभावकहरुलाई आग्रह गर्नु भएको थियो । स्मरण रहोस, एभरेष्ट इन्टरनेशनल स्कुल जापानमा हाल कक्षा नर्सरीदेखि कक्षा ७ सम्मको अध्यापन गराईन्छ भने आगामी शैक्षिक सत्रदेखि कक्षा ८ पनि संचालन गरिने स्कुल ब्यवस्थापनले बताएको


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.