ओ टु इन्टरटेन्टमेण्ट ग्रुपले जापानको टोकियोमा २ साताकै अन्तररालमा छक्का पन्जा २ चलचित्र २ पटक एकै हलमा सफलता पूर्वक प्रदर्शन गरेको छ।

टोकियोको मुख्य शहर शिन्जुकु नजिकै रहेको नाकानो जिरो हलमा अगस्त २८ र सेप्टेम्बर ८ तारिखका दिन एकै हलमा प्रर्दशन गरिएको हो । टोकियो बाहेक अन्य शहरमा पनि स्फलता पुर्वक प्रदर्शन गरेको आयोजकको भनाइ छ ।
चलचित्र आएमइ ग्रुपले प्रोडक्शनमा सहयोग गरेको छ भने जापानको प्रदर्शनमा इजिलिन्क रेमिट्यान्सले सहयोग गरेको थियो ।
चलचित्र निर्माता दिपक राज गिरिले हिजोको एउटै हलमा २ साताको बिचमा सफलता पुर्वक प्रदर्शन भएकोमा खुशी हुँदै आफ्नो स्टाटसमा लेखेका छन "अमेरिका लगायत अन्य देशमा पनि सर्वाधिक बूकिङ भई रहेको अवस्था। "अस्ट्रेलियामा थप ४ शो हुदै , अमेरिकामा अहिले सम्मकै अत्याधिक शो हरु कन्फर्म ' कलात्मकको व्याख्या मलाई थाहा छैन , दर्शक मनोरन्जनकोन्लागी आउछन , त्यो चाँही थाहा छ |धन्यवाद दर्शक !"

चलचित्रको कथामा अहिले बिदेश जान भने पछी मरिहत्य गर्ने युवा युवतीहरुको विकृतिको बारेमा उल्लेख गरिएको छ । कथा नयाँ जेनेरेशनको चासोलाई समेटिएर निर्माण गरिएको हुनाले केही काल्पनिक भए पनि यथार्थमा शो अवधीभर मनोरन्जन दिन सफल भएको छ । यस चलचित्रले विदेशिन लालायित युवालाई राम्रो सन्देश पस्कन सफल भएको छ ।
दिपकराज गिरी , प्रियंका कार्की , विल्सन बिक्रम राइ,माग्ने बुढा लगायत दिपाश्री निरौलाले पनि अतिथिको भूमिका अभिनय गरेकी छन भने अन्य नयाँ कलाकारहरुले पनि डेब्यु गरेका छन । चलचित्रमा हरिबँश आचार्य र आस्था रावतले स्वर दिएका छन ।
https://m.youtube.com/watch?v=aQ4_2w-0z8Y