१ सय ५९ घण्टासम्‍म ओभर टाइमसम्‍म काम जापानी महिला रिपोर्टरको मृत्‍यु

Everest Fuji News २०७४ आश्विन २० मा प्रकाशित       Published at 2017 Oct 06


टोक्यो : जापानमा करीब १ सय ५९ घण्टासम्‍म ओभर टाइम काम गर्ने एउटा महिला रिपोर्टरको मृत्‍यु भएको छ। एनएचके टेलिभिजनका रिपोर्टर मिवा सादोको १ महपना लगातार १ सय ५९ घण्टासम्‍म ओभरटाइम काम गर्दा हृदयघातले मृत्‍यु भएको अन्तराष्ट्रिय सञ्‍चार माध्‍यमले जनाएको छ। समाचारमा बताइए अनुसार उनले एक महिनामा २ दिन मात्रै विदा लिएका थिए। खासमा जब उसको शव बरामद भयो त्‍यतिबेलासम्‍म पनि उसको हातमा मोबाइल फोन थियो। तर यो घटना सन् जुलाई २०१३ तिरको हो। तर मिवाको मृत्‍यु पश्चात पनि यो मुद्दा ब्‍यूतिएको छ। उक्त मुद्दामा भनिएको छ, 'अब ओभर टाइमले मानिसको ज्‍यान लिन सक्छ। यसलाई सकेसम्‍म न्‍यून गर्नु जरुरी छ।' यस्तै मुद्दामा एनएचके टेलिभिजनले रिपोर्टरलाई धेरै काम गर्न लगाएको आरोप छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.