मृगौला फेल गायक गुरुङलाई तमु धीं जापानले पैसा पठायो  

Everest Fuji News २०७४ आश्विन १९ मा प्रकाशित       Published at 2017 Oct 05


टोकियो- दुईवटा मृगौला फेल भएर अस्पतालमा उपचाररत गायक तथा संगीतकार पूर्ण गुरुङलाई तमु धीं जापानको पहलमा ३ लाख ७८ हजार ९ सय ५ येन आर्थिक सहयोग पठाइएको छ ।   तमु धीं जापान, घान्द्रुक समाज जापान, जिफान, र पञ्चासे समाज जापानको संयुक्त अभियानमा ‘पूर्ण बचाउ अभियान’ अन्र्तगत उक्त रकम पठाइएको धींका अध्यक्ष श्री गुरुङले जानकारी दिनुभयो । सो रकम ABC  टेलिभिजनका प्रतिनीधि डण्ड गुरुङ र लाला गुरुङमार्फत गायक तथा संगीतकार गुरुङलाई एक कार्यक्रमका बिच संस्थाका प्रतिनीधिहरुद्धारा हस्तान्तरण गरिने अध्यक्ष गुरुङले बताउनु भयो । नेपालका विभिन्न सामाजिक सेवाहरुमा तमु धीं जापानले निरन्तर आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ ।यस अभियानमा सहयोग गर्ने सहयोगीहरुलाई तमु धीं जापानले धन्यवाद व्यक्त गरेको छ


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.