प्रेमिला गौचन , जापान ।
कोजाग्रत पुर्णिमा , बिहिवार , आश्विन -१९ , २०७४ तदनुसार ओक्टुबर -५ , २०१७ ।

माओवादी दश वर्षे जनयुद्दकालमा "पुरातन हिन्दू सँस्कृति दशै चाडको बहिस्कार गरौ " को नारा लगाउदै आएका रोल्पालीहरु यो दशै जापानमा धुमधामका साथ मनाएका छन ।
हुन त सबै रोल्पालीहरु द्शै बिहिन भने पक्कै होइन । युद्दकालीन समयमा जुन कुरो पनि सबै भन्दा पहिले रोल्पा बाटै उद्घघोश हुन्थ्यो । बिद्रोही नेता प्रचन्ड, बाबुराम , महारा जस्ता नेताहरुले रोल्पाबाटै उद्घघोश गर्थे । जुन समयमा रोल्पालीहरु सैदान्तिक पक्षलाई अङालेर दसैं मनाएन त कोही बाध्यतावस ।
अहिले समयले कोल्टे फेरेको को छ । दसैं बहिस्कारको उद्घघोश गरेका प्रचन्डले पनि आफ्नो परिवारमा भित्र यसपालि दसैं मनाएको तस्विर उनकै आफ्नै छोरा प्रकाशको फेसवूकबाट भाईरल भएको छ ।
यो दशैमा रोल्पालीहरुलाई एकै ठाउँमा जम्मा गरी टिका लगाउने जमर्को रोल्पा, लिबाङका व्यन्जन बुढा मगरले गरे । यस अभियानलाई बिकास ओलीले पनि साथ दिए ।
ब्यन्जन बुढा मगर रोल्पाका नेपाली काङ्रेसको भात्री सँगठन ने बि संघका सकृय कार्यकर्ता थिए । राजनैतीक पृष्ठभुमीले मात्र जीवन यापन नहुने देखे पछी , आफ्नो र परिवारको सुन्दर भविश्यको लागि जापान हानिए । मगर जनयुद्दकालीन समयको नेपाली काङेसकी एक्ली कर्मठ नेत्री भिम कुमारी बुढामगरको नातेदार हुन भने हाल बहाल वाला सिंचाइ राज्य मन्त्रि ( ने. का ) का साला हुन् ।

०५५ ,०५६ तिर यस पन्तिकार ' जन्युद्द पछी महिला र बालबालिकाको स्थिती 'विषयक रिपोर्टिङको क्रममा हामी ७ जना पत्रकारहरु ( ५ महिला र २ पुरुष ) १९ दिने रुकुम, रोल्पा र जाजरकोटको भ्रमणको शिलशिलामा नेत्री मगरलाई भेटेका थियौ । त्यो समय उनी जिल्ला प्रशासनको नजिकै शरण लिएर बसेकी थिइन , र पनि उनको साहस र प्रभावशाली व्यक्तित्व देखेर हामी निकै प्रभावित भएका थियौ ।
हुन त त्यो समयमा रोल्पाली अन्सरी घर्ती मगर जो अहिले सभामुखमा सत्तासिन छिन , उनलाई पनि हामीहरुले रोल्पा , माडिचौरमा भेटेका थियौ ।
युद्दकालीन समयमा उनिहरुको आधार ईलाकामा अनुमती बिना जान पाइन्न्थ्यो , यदी गएमा ज्यानको बाजी नै मार्नु पर्थ्यो ।

रोल्पा -कुरेलिका बिकास ओली सन् २००९ ताका बक्सिङका ब्ल्याक बेल्ट खेलाडी थिए ।
उनी पनि अध्ययनको शिलशिलामा सन् २०१३ मा जापान आएका थिए । हाल उनि एक जापानी कम्पनीमा कार्यरत छन ।
युद्दकालीन क्षेत्र रोल्पाको एक युवालाइ टिका लगाउने क्रममा ' यस्तो किसिमले दशैको टिका लगाएर रमाउन मन पर्दो रहेछ त , किन जनयुद्दकालमा दसैं बहिस्कार गर्दै हिंडेको ?' भन्ने प्रश्नको जवाफ उनले भने '
ति दिनहरुलाई नकोट्ट्याउदै राम्रो , मलाई सम्झन पनि मन लाग्दैन ' भन्दै प्रतिकृया दिए ।
हुन सक्छ ति दिन हरुमा रहरले या बाध्यताले युद्दमा लागे , यसमा यस् पन्तिकारलाई पनि अतित खोल्न मन लागेन ।
जापानमा दशैको लागि भनेर बिदा मिलाउन गाह्रो छ , यसको लागि कम्तिमा पनि १ महिना पहिले देखी नै बिदाको स्केजुल मिलाउन पर्छ ।

रोल्पा मात्रै नभै टिकाको दिनमा नेपालगन्ज, दाङका युवाहरु पनि जो उनिहरु सँग घनिष्टता राख्थे , एकै साथ टिका लगाउन जम्मा भए । टिका लगाउनु त एउटा बहाना मात्रै थियो , उनिहरुको जमघट भनेको जापानको पढाई सँगै बाइतो ( पार्ट टाइम जव) पनि सङ्गै गर्नु पर्ने भएकोले विछडिएको साथी त के एउटै रूममा बस्ने साथीहरु सँग पनि भलाकुसारी गर्ने समय नै हुँदैन ।

यसरी व्यस्तता नहुने हो भने नेपाल देखी आउँदाको ऋणको भार त्यही माथि पनि विश्वविध्यालया या भोकेशनल कलेजको लागि अग्रिम भुक्तानीको लागि जम्मा गर्नु पर्ने शुल्कको भार ।
टिका कै दिनमा पनि कोही बाइतो सके पछी आए भने कोही टिका र खाना खाने बित्तिकै बाइतो ( पार्ट टाइम जव ) गर्न निस्के । यो जमर्को गर्न सकिएन भने नेपाल नै फर्कन पर्ने बाध्यता हुन्छ , यस्ता सिक्युन्सहरु मिलाउन नसक्दा पनि नेपाली विध्यार्थी हरु जापानमा आत्महत्यामा वृध्दि भएको हो , यो गर्नेमा कूक हरु छन पनि , तर अनुपातमा विध्यार्थिहरु धेरै पर्छन ।
अधिकाँस रोल्पालीहरुको जापानमा आफ्नै अभिवावक नभएकोले सन २००१ मा जापान प्रवेश गरेकी यस पन्तिकारलाई सबैले दिदी मान्दै २२ जना रोल्पालीहरुले टिका र आशिर्वाद ग्रहण गरेका थिए । र उनिहरु तिहारमा पनि टिका लगाउने बाचा गर्दै बिदा भएका थिए ।
त्यस्तै दोस्रो दिन पनि पोख्रेली अभिभावक बिहिन ९ जना पोख्रेली युवाहरु आफ्नै दिदी मान्दै टिका ग्रहण गर्न आएका थिए । यस पन्तिकार पनि जापानमा परिवार विहिन भएकोले आफ्नै भाईहरु जस्त्तै अनुभुती गर्न पाएकोमा खुशी र गर्वको महसुस भएको थियो ।

सन २००१ मै जापान प्रवेश गरेको भए पनि यस् पन्तीकारलाई पनि दशै मनाउने जमर्को अहिले मात्रै मिलेको हो र घटस्थापनाको दिनमा रोल्पाली युवाहरुको अनुरोधमा जापानमा पहिलो पटक जमरा रोपिएको थियो ।
दशै कार्यक्रम टोकियोको शिन ओकुबोमा सम्पन्न भएको थियो ।