जापानबासी रोल्पालीहरुको दशै कार्यक्रम टोकियोमा भब्य हुने -

Everest Fuji News २०७४ आश्विन १२ मा प्रकाशित       Published at 2017 Sep 28


रोल्पा जिल्लाबाट विभिन्न उद्देस्यले जापान आएका रोल्पालीहरुलाई  एकिकृत गर्न  दशै टिका कार्यक्रम गरिने भएको छ । सेप्टेम्बर ३० तारिख तदनुसार आस्विन -१४ , २०७४ का दिन परेको विजया दशमीमा गरिने उक्त कार्यक्रममा यसै समाचारलाई आधार बनाइ सम्पूर्ण जापानबासी रोल्पालीहरुलाई सहभागी भईदिनको लागि यस कार्यक्रमका सँयोजक व्यन्जन बुढा मगरले हार्दिक अनुरोध गरेको छ । बिदेशी भुमिमा दु:ख सुख साटासाट गर्ने   तथा घरदेशको न्यास्रो  प्रदेशमा मेटाउने माध्यम सबै भन्दा नजिक आफ्नै गाउ घरको साथी भाई सँग हुने भएकोले सके सम्म यस् परिचयत्मक कार्यक्रममा सहभागी हुनको लागि रोल्पाली सहित अन्य जिल्लाबासी पनि सहभागी हुन सक्ने अर्का युवा रोल्पाली बिकास ओलीले एबरेष्ट फुजी न्युज डट कमलाई बताए ।   टोकियोको शिन ओकुबो स्थित भर्खरै सन्चालनमा आएको एबरेष्ट फुजी डाइनिङको सभा हलमा गरिने उक्त टिका तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुन चिवा , साइतामा प्रिफेक्चरका रोल्पालीहरु समेत जम्मा हुने आयोजकको दावी छ ।       सम्पर्क : व्यन्जन कुमार बुढा मगर (090 6719 3969 ) बिकास ओली (090 6533 2618) प्रेमीला गौचन ( 090 1696 9841) कार्यक्रम हुने समय र मिती: सेप्टेम्बर ३०,२०१७ तारिख तदनुसार आस्विन -१४ , २०७४ दिनको १२ बजे बाट मध्य रातको ४ बजे सम्म स्थान : Everest Fuji Dining 169-0072 東京 都 新宿区 お久保 2-18-8 Tel : 03-6233-9141


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.