भावानात्मक अनुभव साटासाट बिच चितवन समाज जापानको दशै तथा दिपावली शुभकामना आदान प्रदान सम्पन्न

Everest Fuji News २०७४ आश्विन १२ मा प्रकाशित       Published at 2017 Sep 28


प्रेमिला गौचन , जापान महाअष्टमी, आश्विन -१२, २०७४ इश्वरी कंडेल आफ्नो पारिवारिक आर्थिक हैसियत सबल गर्न १३ वर्षमै विदेश पलायन भए, कुनै एक ताका उनी खाडीमा काम गर्ने समयमा दसैं , तिहार धेरै आयो , गयो , मनाउनै पाएनन । "हाम्रो दसैं, तिहारमा बिदा मिले पनि बिदेशमा त्यो सम्भव हुँदैन । चाड , बाँड त के ? ति दिनहरुमा नेपाली समेत भेटिन्नथ्यो ' अरु समय त कामको व्यस्तताले घरको तेती याद आउँदैनथ्यो । जब चाड आउथ्यो गाउ,घरको एकदमै याद आउथ्यो । '  यो कथन चितवन समाज जापानद्वारा आयोजित वडा दशैं तथा दीपावलीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा समाजको कार्यवाहक अध्यक्षको हैसियतले ईश्वरी कंडेलले सम्बोधनको क्रममा बोलेका थिए । उनले थपे " म जापानको भुमीमा टेके पछी पनि माइकमा सम्बोधन गर्ने शब्दहरु सिक्दैछु, गल्ती भएमा माफि पनि दिनुस् भनेर आगन्तुक पाहुनाहरुलाई समेत आग्रह गरे । उनी गल्फमा ९ वर्ष , भारतमा ७ वर्ष र अहिले जापानमा विगत ९ वर्ष देखी बस्दै आएका छन । अहिले उनी ६,७ वटा रेष्टुरेन्टका मालिक भएका छन । जापानमा नेपालमा जस्तो चियापान कार्यक्रम हुँदैनथ्यो , अहिलेबाट सुरुवात भएको छ । समाजका अध्यक्ष राजन  श्रेष्ठ हाल नेपालमा भएकोले उनका अनुस्पथितिमा कंडेलले कार्यवाहक सम्हाल्दै आएका हुन । तीन वर्षको अन्तररालमा नेपाली समाज जापानमा ह्वात्तै बढ्यो , त्यसै अनुपातमा बिभिन्न नामका सामाजिक संगठन र कार्यक्रमहरु पनि बढ्न थाले । जापानको सिमित समय सङ्गै धेरै कार्यक्रममा सहभागीता जनाउदा कता कता विकृति पनि फैलिएको हो । वर्ष भरमा आफन्त सँग टाढिएका पिडा र मनमुटावहरु भय पनि यस्ता कार्यक्रमले सल्टाउन मद्घत पुग्ने भएकोले उक्त चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सार्थक हुने सहभागी वक्ताहरुले बताए । त्यस्तै चितवन समाजका सल्लाहाकार तथा मयुर कर्पोरेशनका अध्यक्ष अरुण श्रेष्ठले समाज सँगठित भएकोले नै समाजको सहकार्यमा चितवनमा धेरै उदाहरणिय सामाजिक काम गर्न सकिएको र आगामी कार्यक्रममा वर्षमा १ पटक आउने यस्ता ऐतिहासिक चाड दशै, तिहारको शुभकामना आदान प्रदान चियापानमा मात्रै सिमित नभै भोज मै परिणत गर्नु पर्ने सुझाव दिए । कार्यक्रममा विवशताले वाध्य भइ विदेशिता अभिभावकबाट दसैंमा आशिर्वाद ग्रहण गर्न नसकिएको पिडाका शब्द पोखिएको गीत युवा गायक सुर्य खड्काले गाएर प्रस्तुत हुँदा एकै छिन माहोल नै गम्भिर भएको थियो । उक्त कार्यक्रममा जापानमा सकृय पत्रकार, नेपाली राजदुतावासका त्रितिय सचिव रेवन्त अधिकारी , एन आर एन जापानका पदाधिकारीहरु देवीलाल भण्डारी , जनक विक्रम शाही , जन संपर्क समिती , जापानका अध्यक्ष डि पि कंडेल , जन प्रगतिशिल मन्च जापानका प्रतिनिधि जनक सुबेदी , पुर्वी बिकास तथा सहकार्य केन्द्र जापनका अध्यक्ष सुभाश लोहनी , ओएनएफ जापानका प्रतिनिधि शालीकराम भण्डारी, मनो चिकित्सक डा विजय ज्ञवाली लगायत टोकियोबासी नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.