चितवन समाज जापानको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम हुँदै

Everest Fuji News २०७४ आश्विन १० मा प्रकाशित       Published at 2017 Sep 26


टोकीयो : आउंदै गरेको नेपालीको महान चार्डको अवसरमा चितवन समाजले यहि सेप्टेम्बर २८ तारिख टोकियोमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले सबै नेपालीको घर घरमा भित्रिएको महान पर्व विजया दशमी एवं आउंदै गरेको दोस्रो महान पर्व  दिपावलीको अवसर पारी सो कार्यक्रम गर्ने भएको हो।आफ्ना परिवारबाट टाधिएर विदेशमा एक्लो जीवन जिउन बाध्य नेपालीलाई यस्ता चार्डको समयमा एक्लोपन महसुस नहोस भन्न्दै केहि समय मात्रै भएपनि आफ्नो देश-परिवार सम्झी रमाइलो गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको समाजका कार्यबाहक अध्यक्ष्य इश्वरी प्रसाद कंडेलले जानकारी दिनुभयो। आवश्यक तयारी पुरा भइसकेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यही बिहिबार अपरान्ह ३:०० बजेदखि साँझ ६ बजेसम्म शिनओकुबो स्थित टोकीयो रोधी क्लबको सभा हलमा हुने समाजले बताएको छ। साथै, सो समय र स्थानमा उपस्थित भइदिन समाजले जापानबासी चितवने लगायत सम्पूर्ण नेपालीमा आग्रह गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.