नेपाल तामाङ कलाकार संघ जापानको फ्याफुल्ला साँझ -२०१७" सम्पन्न

Everest Fuji News २०७४ आश्विन ८ मा प्रकाशित       Published at 2017 Sep 24


८, आस्बिन -२०१७, टोकियो ।नेपाल तामाङ कलाकार संघ जापानको पहिलो साँस्कृतिक कार्यक्रम ' फ्याफुल्ला साँझ -२०१७" सम्पन्न भएको छ । क्योदाइ रेमिट्यान्सको मुख्य प्रायोजक रहेको उक्त कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व तथा संस्थाले पनि विभिन्न शिर्शकमा सहयोग गरेका थिए । सजिब तामाँगको  प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा काभ्रेली समाजको अध्यक्ष मेख वाइवा तामाङ , सफल व्यवसायी हरी चन्द्र लामा र एनआरएन जापानका नवनिर्बाचित उपाध्यक्ष  सरोज कुमार खत्रीको पनि उपस्थिती रहेको थियो । संघको अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न उक्त साँस्कृतिक कार्यक्रममा वरिष्ठ गायक कर्म दोङ तामाङ उहाकै आफ्नै प्रख्यात तामाङ भाषाका गीत तथा नेपाली भाषाका गीतहरु प्रस्तुत गर्नको लागि नागोयाबाट आउनु भएको थियो । सम्झना लामाको कुशल नृत्य प्रस्तुती सङ्गै अन्य तामाङ कलाकारहरुको पनि बेजोड प्रस्तुती रहेको थियो ।    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.