असोज-१ आइतवार, प्रेमिला गौचन , जापान ।
हिमालपारिको मुस्ताङ जिल्लाको मार्फा गाउलाई वर्णन गरी रचिएको सदाबहार गीत " क्या राम्रो स्याउ बारी मार्फा गाउईमा " बोलको गीतकार बसन्ती गौचन लालचनको उपचारको क्रममा हिजो भारतको एक निजी अस्पातलमा देहान्त भएको छ ।

उहाको अकस्मात देहान्तले जापानबासी थकाली दिदी बहिनी हरु स्तब्ध भएका थिए । जापानमा आइतवार सार्वजनिक बिदाको अवसर पारी अकस्मात उहाका शुभ चिन्तक थकाली दिदी बहिनी हरु जम्मा भइ श्रद्दान्जली कार्यक्रम सम्पन्न गरेको छ ।
। किन कि उहाको गीतमा जापानबासी थकाली हरु विभिन्न कार्यक्रममा नाच्ने र गाउँने गर्छन् , गाउँन र नाच अनगिन्ती चर्चित गीत संगीत भए पनि थकाली जातिको पुर्ख्यौली उद्गगम्स्थलको वर्णन गरिएकोले स्व. लालचनको गीतमा मनोरन्जन गर्न मन पराउथे ।
यस बाहेक उहाका कहाँ बाट आयौ तिमी ? लाली गुराँस बनै भरी " बोलको गीत पनि चर्चित छन् |

स्व. लालचनको सहोदर आफ्नै दाई बिनोद गौचन पनि प्रख्यात गीतकार हुनु हुन्थ्यो , 'जती माया लाए पनि जती कसम खाए पनि, निष्ठुरिले बाटो लाग्दा ' जस्ता कालजयी अधिकान्स वियोगान्त गीतहरु स्व.अरुण थापाले स्वर दिएका थिए । भनिन्छ अरुण थापा प्रख्यात हुनु मै स्व. बिनोद गौचनका गीतका कारणले हो भन्ने गर्दछन । त्यस्तै उहाका अर्का दाई विश्व मोहन गौचन पनि सामाजिक कार्यमा सकृय व्यक्तित्व हुनु हुन्छ ।
एबरेष्ट फुजी न्युज डट कम परिवार पनि हार्दिक श्रद्दान्जली अर्पण गर्दछ ।
https://youtu.be/bNYYtGTUvuc