पारसमणि पोखरेलद्वारा एसिया प्यासिफिकको उप–संयोजकमा उम्मेद्वारी घोषणा

Everest Fuji News २०७४ आश्विन १ मा प्रकाशित       Published at 2017 Sep 17


गैर–आवासीय नेपाली संघ जापानका पूर्वअध्यक्ष तथा गैर–आवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्य पारसमणि पोखरेलले अक्टोबर महिनामा हुने संघको ग्लोबन सम्मेलनमा एसिया प्यासिफिकको उप–संयोजक पदमा उम्मेद्वारीको घोषणा गरेका छन् । रोटरी क्लबको प्रतिष्ठित छात्रवृति रोटरी एम्बसोडोरियल प्राप्त गरि जापान गएका पोखरेल जापानमा स्थापित नेपाली ब्यबसायिक रुपमा परिचित छन् । सामिका ग्रुप अफ कम्पनीका अध्यक्ष समेत रहेका पोखरेलले गत बर्षबाट जापानमा पहिलोपटक नेपालीहरुको तर्फबाट सामिका सुपरमार्केट संचालनमा ल्याएका छन् । अध्यक्ष हुँदा एनआरएनए जापानको कार्यालयको स्थापना, पहिलोपटक सदस्यता अनलाईन फर्म, नेपाल फेस्टिवल एन आर एन जापानको आयोजनामा शुरुवात एनआरएन ग्लोबलको आठौँ क्षेत्रीय सम्मेलन जापानमा पहिलोपटक भब्य रुपमा सफल बनाएको, नेपालको महाभूकम्पको बेलामा एनआरएन जापानबाट महत्वपूर्ण आर्थिक सहयोग गरेकोले पोखरेलको छबि गैर अबसिया नेपालीहरुका माझ लोकप्रिय छ । एसिया प्यासिफिक समेलनमा उहाँको प्रस्तुति जहिलेपनि तारिफयोग्य रहेको छ । पोरखेल समाजेवीको रुपमा समेत परिचित छन् । सबैलाई समेट्न सक्ने नेतृत्वदायी भूमिका र मिलनसार व्यवहारले उनलाई गैरआवासीय नेपालीहरुले रुचाएका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.