एनआरएनएको अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

Everest Fuji News २०७४ भदौ ३१ मा प्रकाशित       Published at 2017 Sep 16


गैर आवासिय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालको अध्यक्ष पदमा भवन भट्टले उम्मेद्वारी दिने घोषणा गरेका छन् । राजधानीमा एक पत्रकार सम्मेलन गरी उनले उमेद्वारीको घोषणा गरेका हुन् । उनी हाल एनआरएनएका वरिष्ठ उपाध्यक्ष हुन् । ठिक एक महिनापछि एनआरएनएको सम्मेलन हुँदैछ । पत्रकार सम्मेलनमा भट्टले विभिन्न प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । ‘मेरो कार्यकालका लागि केही नयाँ ऐजेन्डाहरु पनि तयार गरेको छु,’ उनले भने, ‘जस्तै– वैदेशिक रोजगारी आपत्कालिन कोषलाई सदुपयोग गरी गैर आवासीय नेपाली संघमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बीमा गरिने छ । महिला फोरमलाई सशक्त बनाइने छ । स्टार्ट अप फन्डको व्यवस्था गरिने छ ।’ स्मार्ट एनआरएन बनाउने, सामाजिक उद्यमशीतालाई प्रवद्र्धन गरी महिला तथा युवाको सहभागिता वृद्धि गरिने लगायत घोषणा भट्टले गरेका छन् । एनआरएनएले हाल गरिरहेका कार्यक्रमलाई पनि थप निरन्तरता दिने उनले घोषणा गरे । ‘गैरआवासीय नेपाली संघले अहिलेसम्म लिएका निर्णयहरु र पूरा हुन बाँकी कार्यहरु जस्तै लाप्राक नमुना वस्ती, एनआरएनए भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, वैदेशिक रोजगार कोषको विस्तार जस्ता कार्यक्रमहरुलाई पुर्ण रुपमा निरन्तरता दिदै अघि बढ्ने अवगत गराउन चाहान्छु,’ उनले भने, ‘आगामी कार्यकाल (२०१७–१९) का लागि विस्तृत एजेन्डाहरु तयार पारेर छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता प्रकट गर्दछु ।’    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.